देवानगञ्ज घटनाका मृतकका परिवारलाई गृहमन्त्री र स्वास्थ्यमन्त्रीले आज भेट्ने

मोरङ खबर 513+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

इनरुवाः गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता आज सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज जाने हुनुभएको छ । उहाँहरूले आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका दुवै परिवारका सदस्यसँग भेटघाट गर्ने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेट गरेपछि उहाँहरू घटनास्थल जाने हुनुभएको हो । गृहमन्त्री गुरुङले साउन १० गते भएको झडपमा ज्यान गुमाएका देवानगञ्ज–४ का ओमप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम छ । साथै, सोही घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

गृहमन्त्रीसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि गृहजिल्ला सुनसरी आउनुहुने भएको हो । देवानगञ्ज भ्रमणका क्रममा गृहमन्त्री गुरुङले घटनापछिको सुरक्षा अवस्था, शान्ति–सुरक्षाको पछिल्लो स्थिति तथा पीडित परिवारको अवस्थाबारे जानकारी लिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार