मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

त्रिवेणी रिसोर्टमा सुन्दरहरैंचाको नगरसभा बसेपछि.....

Pradip Kumar Sah 1+ समाचार ( )
१ असार २०८०, शुक्रबार

सुन्दरहरैंचा । असार १० गते आउन अझै ९ दिन बाँकी छ, तर शुक्रबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ स्थित त्रिवेणी रिसोर्टमा सुन्दरहरैंचा नगरपालिकाको नगरसभा चल्दै थियो । नगरसभामा उपप्रमुखले बजेट प्रस्तुत गरिन् भने नगर प्रमुखले बजेटमाथि छलफलका लागि नगरसभा सदस्यहरुलाई रुलिङ गर्दै थिए । नगरसभा सदस्यहरु पनि बजेटमाथि आआफ्नो धारणा राख्दै थिए । कसैले बजेट एकदम राम्रो भएको प्रतिकृया दिंदै थिए त कसैले विभिन्न विषयमा बजेटले सम्बोधन गरेन भनेर आलोचना गर्दै थिए । 

 यसरी सुन्दरहरैंचा नगरपालिकाको बजेट प्रस्तुत भएर छलफल चलिरहँदा नगर प्रमुख केदार प्रसाद गुरागाईं र उपप्रमुख अकली चौधरी भने देखिनु भएन । त्यहाँ नगर प्रमुख मिलन पुरी र नगर उपप्रमुख हुनुहुन्थ्यो । खासमा यो सुन्दरहरैंचा नगरपालिकाको आधिकारिक नगरसभा नभएर नमुना नगरसभा थियो र त्यो नगरसभामा प्रमुख, उपप्रमुख र विभिन्न भुमिकामा सहभागी भएकाहरु पनि नमुनाको रुपमा थिए । उनीहरुले त्यहाँ प्रस्तुत गरेको बजेट र छलफल पनि नुमना अभ्यासकै रुपमा थियो । खासगरि त्यहाँ युवा पुस्तालाई  संविधान, नियम कानून तथा संसदीय अभ्यास सिकाउने उद्देश्यका साथ नमुना युवा संसद् स्थापना र सञ्चालन अभ्यास कार्यक्रम भइरहेको थियो ।

जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा स्थानीय त्रिवेणी रिर्सोटमा ४ दिनसम्म सञ्चालन भएको कार्यक्रम शुक्रबार सम्पन्न गरियो । कार्यक्रममा नगरका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै सहभागी भएका ४५ जना युवाहरुले नगरपालिकाको नगरसभा सञ्चालन गरे जस्तै गरि अभ्यास गरे । कोही नगर प्रमुख, कोही उपप्रमुख, कोही वडाध्यक्ष तथा कोही वडासदस्यको भूमिकामा प्रस्तुत भएर बजेट निर्माण छलफल जस्ता अभ्यासमा सहभागी भए । 

यसरी ४ दिनसम्म चलेको कार्यक्रम शुक्रबार समापन गरियो । कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्विका प्रसाद चौलागाईं, नेकपा एमाले नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकाल, कार्यपालिका सदस्य रुक्मिणि घिमिरे, जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरे लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार