मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

लेटाङमा किसानसँग मेयर, उपमेयर भेटघाट कार्यक्रम सम्पन्न (भिडियोसहित)

मोरङ खबर 410+ समाचार ( )
६ जेठ २०८१, आइतबार

लेटाङ । अखिल नेपाल किसान महासंघ लेटाङ नगर कमिटीको आयोजनामा किसानसँग मेयर, उपमेयर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंघ लेटाङ नगर कमिटीका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरेले नगरका किसानहरुको यथार्थ समस्या पहिचान गरि नगर प्रमुख र उपप्रमुखलाई बोलाएर जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको बताउनभुयो । 

लेटाङ ५ स्थित ग्रीनपीस पार्टी प्यालेसमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका विभिन्न वडाका किसानहरु भेला भएर विभिन्न प्रकारका बालीनालीमा देखापरेका समस्या पहिचान गरि जनप्रतिनिधिहरुलाई जानकारी गराएका छन् । यस प्रकारको कार्यक्रमले खास किसानका समस्या बारे जनप्रतिनिधहरु जानकार हुने र अगामी योजना निर्माणका लागि सहज हुने कार्यक्रममा सहभागी कृषकहरुको भनाइ छ । 

कार्यक्रममा सहभागी भएका किसानाहरुलाई बालीका प्रकार अनुशार विभिन्न समूहमा बाँडेर कृषिको संभावना र समस्या पहिचान गरिएको थियो । यसरी पहिचान गरिएका संभावना र समस्यालाई हरेक समूहका टोली नेताले अगाडी गएर सविस्तार जानकारी गराएका थिए । यसैगरि सीडीएफ नेपालका नरबहादुर लिम्बूले नेपालको खेति तथा कृषि प्रणाली बारे कार्यक्रममा जानकारी गराउनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठले नगरपालिकाले कृषि क्षेत्रमा गरिरहेका काम र आगामी योजना बारे जानकारी गराउनुभयो । कृषकहरुको समस्या र संभावना बारेको प्रस्तुति सुनेपछि नगर प्रमुख र उपप्रमुखले जवाफ दिनु भएको थियो । 

अखिल नेपाल किसान महासंघ लेटाङ नगर कमिटीका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, किसान महासंघका केन्द्रीय सदस्य इमनाथ पोखरेल, महासंघ मोरङका अध्यक्ष रेवती तिम्सिना, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्य मगर, पूर्ववडाध्यक्ष तथा नेकपा एमाले लेटाङ नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेल लगायत कृषकहरुको सहभागीता रहेको थियो । 

 भिडिया हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार