मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सामाजिक काममा जुट्दै लेटाङका युवा : जन्मदिनमा हुने फजुल खर्च बचाएर बालबालिकालाई सहयोग

मोरङ खबर 406+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकाका युवाहरुले जन्मदिनको उपलक्ष्यमा हुने फजुल खर्च बचाएर सामाजिक काम गर्ने परिपाटीको सुरुवात गरेका छन् । जन्मदिनको उपलक्ष्यमा अनावश्यक खानपीनमा खर्च गर्नुको सट्टा विभिन्न समस्या र अभावमा रहेकाहरुलाई सहयोग गर्नु उपयुक्त ठानेर यस्तो कामको थालनी गरेको युवाहरुले बताएका छन् ।

मंगलबार मात्र लेटाङका ४ जना युवाहरुले आफ्नो जन्मदिनको सन्दर्भ पारेर स्थानीय एक विद्यालयका विद्यार्थीहरुलाई विभिन्न सामाग्री सहयोग गरेका छन् । उनीहरुले लेटाङको उत्तरी ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर ७ को समलास्थित एक आधारभुत विद्यालयका विद्यार्थीहरुलाई लत्ताकपडा लगायतका सामाग्री प्रदान गरेका हुन् ।

जन्मदिन मनाउने भन्दै अनावश्यक फजुल खर्च गर्नुभन्दा साना साना बालबालिकाहरुलाई सहयोग गर्नु उपयुक्त ठानेर अरुलाई समेत प्रेरणा जगाउँदै यस्तो अभियान सुरु गरेको सोही विद्यालयका शिक्षक समेत रहेका राजु गाैतमले बताउनुभयो । युवाहरुले आज मंगलबार लेटाङ ७ समलामा रहेको श्री ज्ञानज्योति आधारभुत विद्यालयमै पुगेर त्यहाँ अध्ययन गर्ने बालबालिकाहरुलाई जाडोको समयमा लगाउने जुत्ता तथा पोशाकहरु वितरण गरेका हुन्  ।

जसमा लेटाङ वडा नं ४ निवासी पूर्व खेलाडी  सुन्दर लिम्बूले सो विद्यालयको कक्षा ४ र ५ का सम्पूर्ण विद्यार्थीहरूका लागि जुत्ताको व्यवस्थापन गरिदिनु भएको छ । साथै उहाँले कक्षा ५ का सम्पूर्ण विद्यार्थीहरूका लागि सदन पोषाकको कपडा उपलब्ध गराउनु भएको छ । 

यसैगरि वडा नं ४ निवासी इश्वरी चाम्लिङले गत कार्त्तीक १० गते पर्न गएको जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर यस विद्यालयमा अध्ययनरत कक्षा ४ का सम्पूर्ण विद्यार्थीहरूका लागि सदन पोषाकको कपडा उपलब्ध गराउनु भएको छ । यस्तै लेटाङ वडा नं ५ निवासी सुरेन्द्र तामाङले गत कार्त्तीक ६ गते पर्न गएको जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर यस विद्यालयमा अध्ययनरत कक्षा ३ का सम्पूर्ण विद्यार्थीहरूका लागि सदन पोषाकको कपडा उपलब्ध गराउनु भएको छ । 

यस्तै सोही विद्यालयका शिक्षक समेत रहेका लेटाङ वडा नं ५ निवासी राजु गौतमले गत कार्त्तीक ७ गते पर्न गएको जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर कक्षा २ का सम्पूर्ण विद्यार्थीहरूका लागि सदन पोषाकको कपडा उपलब्ध गराउनु भएको छ । 

निकै दयनिय अवस्थामा रहेको सो विद्यालयमा पछिल्लो समय विभिन्न दाताहरुले सहयोग गर्ने क्रम बढ्न थालेको छ । नगरका अन्य वडाको तुलानामा निकै विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले समेत सो विद्यालयमा अझै सहयोगको खाँचो रहेको शिक्षक राजू गौतमको भनाइ छ । आफुले आफ्नो सम्पर्कका साथी भाइ लगायतसँग समन्वय गरि सहयोग जुटाउने कार्यलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । सो विद्यालयको भौतिक विकासमा लेटाङ नगरपालिकामार्फत तथा प्रदेश सांसद खड्ग बस्नेतको पहलमा बजेट व्यवस्थपान गरि पछिल्लो समय केही काम अघि बढेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार