मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |
मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |


नमुना वचतको साधारणसभा सम्पन्न, विभिन्न व्यक्तित्वहरु पुरस्कृत

रेवती रमण निरौला 74+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

जाँते । नमुना वचत तथा ऋण सहकारी संस्था लिमिटेड लेटाङ ८ जाँतेले विहीबार २४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । लेटाङ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा सँस्थाका अध्यक्ष कुवेर पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा मन्तव्य राख्दै वडाध्यक्ष पोखरेलले साधारणसभामा सकृयतापूर्व सहभागी भएर सँस्थाको गतिविधि बारे जानकार रहन शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सहकारीका राम्रा पक्षको प्रशंसा र गतल कुरा भएको भए प्रश्न उठाउने पर्नेमा पनि जोड दिनुभयो । वडाध्यक्ष पोखरेलले जाँते क्षेत्रमा रहेका ४ वटै सहकारीलाई एकीकरण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यदी ४ वटै सहकारीको एकीकरण संभव नभए वडा नम्बर ८ मा रहेका पञ्चमुखी र नमुना सहकारीलाई मात्रै भएपनि एउटै बनाएर लैजानु पर्ने र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । 


साधारणसभामा सहकारी सँस्थाका अध्यक्ष कुवेर पौडेलले सँस्थाको अवस्था बारे संक्षिप्त मन्तव्य राख्नुभयो । उहाँले सहकारी सँस्था योजना अनुशार केही कार्य सम्पन्न गर्न असक्षम भएको बताउँदै यसलाई सुधार गर्नेतर्फ अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले सोचे अनुशारको उपलब्धि हासिल नभएपनि वित्तिय सूचांकहरुलाई सकरात्मक बनाउन भने सफल भएको बताउनुभयो । 

साधारणसभामा सहकारी सँस्थाका सचिव मनोरथ घिमिरेले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष ०८०।०८१ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०८१।०८२ को प्रस्तावित कार्य योजना बारे जानकारी गराउनुभयो । सचिव घिमिरेले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरे अनुशार सँस्थाको शेयर पूँजी ७३ लाख ५२ हजार ७ सय रहेको छ भने निक्षेप ५ करोड ३० लाख २८ हजार ३ सय २२ रुपैयाँ रहेको छ । 

यस्तै सँस्थाले गत आर्थिक वर्ष ०८०।०८१ मा ४ करोड ९६ लाख ४३ हजार ३ सय ५८ रुपैयाँ ऋण लगानी गर्दा ७६ लाख १९ हजार २ सय ८७ रुपैयाँ आम्दानी गरेको सविच घिमिरेले जानकारी दिनुभयो । आम्दानीमध्ये ५९ लाख ७८ हजार ५ सय ३६ रुपैयाँ खर्च गरि १४ लाख ७६ हजार ६ सय ७५  रुपैयाँ वचत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सँस्थाले आर्थिक वर्ष ०८१।०८२ मा सदस्यता, शेयरपूँजि र वचत निक्षेप वृद्धि गर्ने तथा नीति, कार्यविधि र निर्देशिका निर्माण गर्ने जस्ता योजना अघि सारेको छ । 

यसैगरि साधारणसभामा सँस्थाका कोषाध्यक्ष सदानन्द निरौलाले सँस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभयो भने लेखा तथा सुपरिवेक्षण समिति संयोजक मञ्जु बुर्जा मगरले आफ्नो प्रतिवेदन पेश गर्नुभयो ।  

कोषाध्यक्ष निरौलाले प्रतिवेदन प्रस्तुत  गर्दै आर्थिक वर्ष ०८१।०८२ को असार मसान्तसम्ममा सँस्थाको कूल आम्दानी ७८ लाख ३१ हजार २ सय ४३ रुपैयाँ तथा खुद नाफा १८ लाख ४ हजार ८ सय २५ पुर्याउने लक्ष्य लिइएको जानकारी दिनुभयो ।  

साधारणसभामा संस्थाले उत्कृष्ट ऋणि, उत्कृष्ट मासिक वचतकर्ता, उत्कृष्ट दैनिक वचतकर्ता, उत्कृष्ट बालबचतकर्ता र उत्कृष्ट जेष्ठनागरिक वचतकर्ता तथा शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षा १२ मा सर्वोच्च अंकसहित उत्तीर्ण हुने छात्र र छात्रा गरि २ जनालाई पुरस्कृत गरेको छ । उत्कृष्ट ऋणितर्फ लेटाङ ९ का पूर्णबहादुर मगर, लेटाङ ८ का राजेन्द्र बहादुर मावोहाङ लिम्बू, डम्बर कुमारी दर्जी र मिक्लाजुङ ५ की जुनकला राई रहेका छन् ।

यसैगरि उत्कृष्ट मसिक वचतकर्तामा लेटाङ ९ का टंकनाथ पोखरेल र मैतमाया लिम्बू पुरस्कृत हुनु भएको छ । यसैगरि उत्कृष्ट दैनिक वचतकर्तामा लेटाङ ८ का दीपक सुब्बा र फूलकुमारी सार्की, उत्कृष्ट वालवचतकर्तामा लेटाङ ८ का निमन मक्याम मगर र सुचेता बस्नेत पुरस्कृत हुनुभयो ।

यसैगरि उत्कृष्ट जेष्ठ नागरिक वचतकर्तातर्फ लेटाङ ८ का भीम बहादुर लिम्बु, धर्मध्वज लिम्बु, कविताकुमारी देवी लिम्बु, मनमााया लिम्बु र सन्तकुमारी लिम्बू तथा लेटाङ ९ का पर्शुराम घिमिरे पुरस्कृत हुनुभयो ।

यस्तै शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षा १२ मा सर्वोच्च अंकसहित उत्तीर्ण हुने छात्रतर्फ श्री जाँते मावि लेटाङ ८ का अटल तामाङ र छात्रातर्फ श्री मावि लेटाङ ९ की छात्रा प्रेरणा आचार्यलाई नगद २ हजार १ सय ११ सहित पुरस्कृत गरिएको छ ।   

यसैगरि साधारणसभाको अवसरमा मनोरञ्जनका लागि भाग्याशाली चिठ्ठा कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कोषाध्यक्ष सदानन्द निरौलाले सञ्चालन गर्नु भएको भाग्यशाली चिठ्ठा कार्यक्रमका विजेताहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । 

साधारणसभामा विभिन्न संघसँस्थाका प्रतिनिधिहरु, छिमेकी सहकारीका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, सुरक्षाकर्मी, अग्रज बुद्धिजीवि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । सँस्थाले साधारणसभामा उपस्थिति भएका सदस्यहरुलाई यातायात तथा खाजा खर्च वापत करकट्टा गरि रु ५ सय उपलब्ध गराएको थियो । 

नमुना बचत तथा ऋण सहकारी सँस्था तत्कालिन जाँते गाविस क्षेत्रमा स्थापना भएको पहिलो सहकारी सँस्था हो । सँस्थाको कार्यक्षेत्र साविक जाँते गाविस क्षेत्र अर्थात हाल लेटाङ नगरपालिकाको वडा नम्बर ८ र ९ तथा मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ५ रहेको छ ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार