मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

लेटाङ ९ जाँतेस्थित श्री माविको ५१ औं वर्षिकोत्सव सम्पन्न (भिडियोसहित)

मोरङ खबर 410+ समाचार ( )
१५ माघ २०८०, सोमबार

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेस्थित श्री माध्यमिक विद्यालयले आफ्नो ५१ औं वर्षिकोत्सव सम्पन्न गरेको छ । आज लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता तथा उपप्रमुख कृष्ण कुमारी निरौलाको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो । 

वार्षिकोत्सवको अवसरमा माघ १० गतेदेखि विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएकोमा सोमबार विभिन्न कार्यक्रमसहित पुरस्कार वितरण गर्दै वर्षिकोत्सव सम्पन्न गरिएको छ । सामुदायीक तथा सँस्थागत विद्यालय स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएकोमा छात्रतर्फ नमुना इंग्लिस वोर्डिङ स्कुल प्रथम तथा आयोजक श्री मावि दोश्रो भएका छन् । यस्तै छात्रातर्फ र जुनियर तर्फको फुटबलमा भने श्री मावि प्रथम भएको छ ।

यसैगरि श्री माविका शिक्षक र वसन्त हरियाली सामुदायीक वन उपभोक्ता समूहबीच मैत्रीपूर्ण फुटबल खेल खेलाइएकोमा वसन्त हरियाली विजयी भएको छ । यस्तै महिलातर्फ अभिभावक, स्थानीयवासी र विद्यालयका कर्मचारी तथा शिक्षिकाहरुबीच हाँडीफोर खेल खेलाइएकोमा विद्यालयकी कर्मचारी सुशीला गिरीले हाँडि फोर्न सफल हुनु भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, सभाध्यक्ष लगायतले विजयी भएका विद्यार्थी तथा खेलाडीहरुलाई मेडल, ट्रफी, र नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सामाजिक संस्थाका प्रतिनिधि, अभिभावकहरु लगायतको समेत अतिथ्यता रहेको थियो । 

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लुइँटेलले विद्यालयले चाँडै अँग्रेजी माध्यममा पठन पाठन सुरुवात गर्ने जानकारी दिुनयभो । उहाँले विद्यालयले अगामी वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने सोच बनाएको भन्दै त्यसका लागि आवश्यक तयारीलाई पनि अघि बढाउनु पर्ने बताउनुभयो । 

भिडियोका लागि यो लिंक  https://fb.watch/pTHRSxUajn/   क्लिक गर्नुहोला ।

प्रतिक्रिया

Tulasi khatiwada १७ माघ २०८०, बुधवार

Yas bidhalaya vitra vayako betithi ra luta tantrako pani samachar banai ama nagarik lai suchana dinuhola kehi manxe lai posne samachar nabanaidinuhola 9860781516

Tulasi khatiwada १७ माघ २०८०, बुधवार

Yas bidhalaya vitra vayako betithi ra luta tantrako pani samachar banai ama nagarik lai suchana dinuhola kehi manxe lai posne samachar nabanaidinuhola 9860781516

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार