मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

उर्लाबारीमा पत्रकारहरूलाई साइबर अपराध र एआईबारे तालिम

मोरङ खबर 405+ समाचार ( )
१४ असार २०८२, शनिबार

उर्लाबारी । पत्रकारितामा प्रविधिको प्रभावकारी प्रयोग र डिजिटल जोखिमप्रति सचेतता अभिवृद्धि गर्ने उद्देश्यले उर्लाबारीमा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै दुई दिने तालिम सम्पन्न भएको छ । सञ्चार क्लब नेपाल, उर्लाबारीको आयोजनामा उर्लाबारी–५ स्थित एक होटलमा भएको तालिममा उर्लाबारी तथा आसपासका पालिकाका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

तालिमको पहिलो दिन साइबर अपराधसम्बन्धी सत्रमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसपी ध्रुवबहादुर श्रेष्ठले सहजीकरण गर्नुभयो । 

उहाँले डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बढ्दो साइबर अपराधबारे चर्चा गर्दै सञ्चारकर्मीहरू कसरी डिजिटल रूपमा सुरक्षित रहन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गर्नुभयो । 

यस्तै अर्का सहजकर्ता अभिवक्ता केशव निरौलाले पत्रकारहरुले जान्नु पर्ने न्यूनतम कानुनी व्यवस्था बारेमा सहजिकरण गर्नुभयो । 

तालिमको दोश्रो दिन कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सत्र सञ्चारकर्मी तथा एआई प्रशिक्षक लिलाराज भट्टराईले सहजीकरण गर्नुभयो । उहाँले पत्रकारितामा एआईको प्रयोग, संभाव्यता, जोखिम र एआई प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताका विविध पक्षहरूबारे स्पष्ट र व्यावहारिक जानकारी दिनुभयो । 

तालिमका सहभागीहरूले डिजिटल सुरक्षा, तथ्य प्रमाणीकरण, अनलाइन पत्रकारितामा देखिने चुनौती,  साइबर जोखिम व्यवस्थापन र केही कानुनी व्यवस्था बारे व्यवहारिक ज्ञान प्राप्त गरेका छन् । 

दोश्रो दिनको कक्षा सम्पन्न भएपश्चात नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काको प्रमुख अतिथ्यतामा समापन कार्यक्रम सञ्चालन गरि तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । 

समापन समारोहमा उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागो, नेपाल पत्रकार महासंघ कोशीका पूर्वअध्यक्ष विक्रम लुइँटेल, मोरङ शाखा अध्यक्ष सुशीला पाठक, सहसचिव रेवती रमण निरौला, कोषाध्यक्ष कौशल निरौला, प्रशिक्षक लिलाराज भट्टराई र केशव निरौलालगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा समापन मन्तव्य राख्दै सञ्चार क्लब नेपाल, उर्लाबारीका अध्यक्ष कुमार खड्काले तालिमले पत्रकारहरूलाई प्रविधिमैत्री र जिम्मेवार डिजिटल पत्रकार बनाउने दिशामा सहयोग पुर्याएउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले तालिमका लागि बजेट उपलब्ध गराइ दिएकोमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई धन्यवाद समेत दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार