मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता

मोरङ खबर 394+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

विराटनगर। कोशी प्रदेशका  मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि जापानका राजदूत महामहिम  माईडा टोरु बीच आज बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा भेटघाट भएको छ। भेटमा आपसी हितका विषयमा कुराकानी भएको छ। 

सो अवसरमा मुख्यमन्त्री कार्कीले जापान र नेपालको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो। उहाँले नेपालको विकासमा जापानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। 

नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो।उहाँले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोग गर्न  आग्रह गर्नुभयो। सो अवसरमा जापानी राजदूत मोइडा टोरुले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै औद्योगिक विकास र एग्रिकल्चरमा सहयोग गर्न तयार रहेको बताउनुभयो। 

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनाल खनालका अनुसार भेटघाटमा प्रदेशको विकास र समृद्धिका विषयमा पनि कुराकानी भएको थियो। उहाँ भोलि शुक्रबार मोरङको लेटाङमा पुस्तकालय उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने पुस्तकालय उद्घाटन कार्यक्रममा जापानका राजदूत महामहिम  माईडा टोरुको विशिष्ट आतिथ्यता रहनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार