मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ-३ स्थित अमरहट स्कुलको १३ औं वार्षिकोत्सव सम्पन्न, ३ जना सम्मानित (भिडियोसहित)

मोरङ खबर 406+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

लेटाङ । लेटाङ-३ विरानस्थित अमरहट मेमोरियल इंग्लीस स्कुलले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षता तथा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राईको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । नर्सरीदेखि कक्षा ६ सम्मको वार्षिक परीक्षामा प्रथम द्वीतीय र तृतीय हुने विद्यार्थीहरुलाई कपि र कलम प्रदान गरि पुरस्कृत गरिएको हो । यसैगरि कार्यक्रममा विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ट हुने तथा खेलकुद सप्ताहमा सञ्चालन गरिएका विभिन्न खेलका प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डम्बर बहादुर राईले नीजि विद्यालयहरुले नगरको शैक्षिक विकासमा योगदान दिएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल अधिकारीले विद्यालयको प्रातिवेदन प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयले अगामी दिनमा वडा कार्यालय र स्थानीय सामुदायीक वन उपभोक्ता समूहहरुको सिफारिसमा २,२ जना गरेर जम्मा ४ जना अतिविपन्न परिवारका विद्यार्थीलाई वार्षिकरुपमा पूर्णछात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।  

कार्यक्रममा लेटाङ अस्पतालका प्रमुख डाक्टर धर्मेन्द्र कुमार यादवको विशिष्ट आतिथ्यता रहेको थियो भने लेटाङ प्याव्सनका सविच सुरेन्द्रजंग राई, लेटाङ  ३ का वडासदस्य नरेन्द्र पराजुली, रामप्रसाद अधिकारी र सनसाइन युवा क्लवका राजन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्वअध्यक्ष खेमराज पौडेल, पूर्वसहायक प्रधानाध्यापक नालिशा श्रेष्ठ र विद्यालयलाई विभिन्न समयमा सहयोग गर्नुहुने समाजसेवी रेणुका प्याकुरेललाई सम्मान गरिएको छ । तीनै जनालाई कार्यक्रमका प्रमुख अतिथि डम्बर राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । 

विद्यालयकी शिक्षक पार्वती चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा लेटाङ ३ की वडासदस्य समेत रहनु भएकी विद्यालय व्यवस्थापन समिति सदस्य अमिता राईले स्वागत मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य र कविता प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए भने अभिभावकहरुले समेत नृत्य प्रस्तुत  गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नेपाली तथा अंग्रेजी भाषामा वक्तृत्वकला प्रस्तुत गर्दै आफ्नो वौद्धिक क्षमता  प्रदर्शन गरेका थिए । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार