मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

आज तमु (तोला) ल्होसार, गरुड वर्ग विदाई गरि सर्प वर्गलाई स्वागत

मोरङ खबर 407+ समाचार ( )
१५ पौष २०८१, सोमबार
मोरङ । आज तोला अर्थात् तमु ल्होसार । गुरुङ समुदायको महान पर्व तमु ल्होसार अन्तरगत यसवर्ष मुप्री ल्हो (गरुड वर्ग) को विदाई गरि सप्री ल्हो (सर्प वर्ग) लाई स्वागत गरि नयाँ वर्ष अर्थात ल्हाेसार मनाइँदैछ ।

गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्हाेसार तमु/गुरुङ समुदायको महान चाड अर्थात् नयाँ वर्ष हो । हाल विक्रम संवतको पुस महिनाको १५ गते मनाउने चलन छ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ संवत् शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषा जस्तै शिरवन्दी,पिरुमाला,मखमली चोली,घलेक,निलो पटुकी,कालो टिकिस, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी,भोटो, आस्कोट,भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पाखी,पटुकी बाँध्छन् ।
अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाईहरूसँग रमाइलो गर्छन् ।
गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् । मुख्यगरि कास्की, स्याङ्जा गोरखा, लमजुङ, तनहुँ, चितवन, रुपन्देही दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ, काठमाडौँ आदि जिल्लामा बाक्लाे बसाेबास छ । नेपाल को विभिन्न ठाँउ बाहेक विश्वका विभिन्न देशहरू जस्तै- बेलायत,अमेरिका अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत लगायत अन्य देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ ।
देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार