मुख्य समाचार
चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई | कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ | पदभार ग्रहणअघि निर्वाचित सदस्यहरूसँग उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा छलफल | सिद्धार्थ सेकेण्डरीले गर्याे १२ वर्षअघिको यौन दुर्व्यवहारको आरोपमा एक शिक्षकलाई निलम्बन | २ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार | शिक्षामन्त्री पोख्रेल विरुद्ध नाराबाजी गरी प्रदर्शन गर्ने पाँच जना नियन्त्रणमा | आज पनि बढ्यो सुनचाँदीको भाउ | भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन | लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा |

पदभार ग्रहणअघि निर्वाचित सदस्यहरूसँग उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा छलफल

मोरङ खबर 452+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

इटहरीः उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले पदग्रहणअघि संघका सम्पूर्ण नवनिर्वाचित सदस्यहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी दिनमा संघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्नुभएको हो ।

छलफलका क्रममा निर्वाचित सदस्यहरूका चाहना, व्यवसायीहरूसँगका अपेक्षा तथा संघले आगामी दिनमा लिनुपर्ने कार्यदिशाबारे राय–सुझावसमेत लिइएको थियो । अध्यक्ष भण्डारीले पद प्राप्त गर्नु मात्र ठूलो कुरा नभई पदमा रहेर व्यवसायीहरूको हितमा देखिने र अनुभूति गर्न सकिने परिणाम निकाल्नु मुख्य कुरा भएको बताउनुभयो ।

नवनिर्वाचित सदस्यहरूको साथ, समर्थन र सहयोग लिँदै उद्योग वाणिज्य संघ इटहरीलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढाएर लैजाने उहाँको भनाइ थियो ।

छलफलका क्रममा नवनिर्वाचित सदस्यहरूले पनि अध्यक्ष भण्डारीलाई साथ, समर्थन र सहयोग गर्दै संघलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार