मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङमा वडादशैंको अवसरमा लेटाङ महोत्सव सञ्चालन हुने

विवेक वस्ती 22+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

लेटाङ । लेटाङमा वडादशैंको अवसर पारेर कार्तीक ४ गतेदेखि लेटाङ महोत्सव २०८० सञ्चालन हुने भएको छ । आयोज द व्बाइज क्लवले आज लेटाङमा पत्रकार सम्मेलन गर्दै महोत्सव बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक समितिका अध्यक्ष विकास लिम्बूले वडादशैंको रमाइलो माहौललाई अझ रमाइलो बनाउने तथा लेटाङको पर्यटन तथा कृषि उत्पादनहरुको प्रवर्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कार्तीक ४ गते फूलपातीदेखि सुरु भएर १८ गतेसम्म १५ दिन सञ्चालन हुने महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । द व्बाइज क्लव लेटाङ ४ को आयोजना तथा सिद्धार्थ युवा क्लवसँगको सहकार्यमा सञ्चालन हुन लागेको महोत्सवको व्यवस्थापन भने सयपत्री इन्टरटेनमेन्ट प्रा लि. दमकले गर्नेछ ।

लेटाङ ४ स्थित वसपार्क परिसरमा सञ्चालन हुने महोत्सवमा १५ वठा स्टल रहनेछन् । जसमा विभिन्न खानाका परिकारका स्टलका साथै कृषि तथा स्थानीय हस्तकलाका स्टलहरु पनि राख्ने तयारी भइरहेको आयोजकले जनाएको छ । लेटाङ  क्षेत्रको पर्यटन तथा आर्थिक विकासलाई मध्यनजर गर्दै स्थानीय कृषि उत्पादन र हस्तकलाका सामानको स्टल निःशुल्क रुपमा उपलब्ध गराइने आयोजक क्लवका अध्यक्ष दीपक मगरले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु एलीना चौहान, शिव परियार, नविन के भट्टराई , कुल व्याइ, भाइवर साइमन, ज्योती मगर, पुस्पन प्रधान लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको प्रवेश शुल्क भने १ सय र २ सय रुपैयाँ रहने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार