मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम

मोरङ खबर 394+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

लेटाङ । लेटाङ प्याब्सनको आयोजनामा शुक्रबार नीजि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सीनियर र जुनियर गरि २ वटा विधामा भएको प्रतियोगितामा लेटाङका १४ वटा नीजि विद्यालयबाट २१ वटा समूहले प्रस्तिपर्धा गरेका छन् ।

प्रतियोगितामा सीनियरतर्फ ग्यालेक्सी एकेडेमी प्रथम भएको छ भने पब्लिक सेन्ट्रल इंग्लिस स्कुल दोश्रो र मोरङ पाथिभरा इंग्लिस स्कूल तेश्रो भएका छन् । यस्तै जुनियरतर्फ नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेसन प्रथम, मोरङ पाथिभरा इंग्लिस स्कूल दोश्रो र जाँते प्यारागन इंग्लिस स्कूल तेश्रो भएका छन् । 

दुवै विधातर्फका प्रथम, दोश्रो र तेश्रो हुने समूहलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । विजेताहरुलाई कार्यक्रमबा अतिथि प्याब्सन मोरङका सचिव देवी सिटौला, प्याब्सन लेटाङका पूर्वअध्यक्ष भीम गिरी, सीटीएफ नेपालकी प्रशिक्षक निर्मला पौडेल लगायतले पुरस्कार तथा ट्रफि प्रदान गर्नुभयो । प्रतियोगितामा विजेता हुने टोली मोरङ प्याव्सनले आयोजना गर्ने जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।     

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले पानसमा दीप प्रज्ज्वलन गरि प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा लेटाङ ५ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता भुम सुर्यमगर, लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख निरौलाले लोक संस्कृतिहरु लोप हुँदै गएको अवस्थामा लोकनृत्य प्रतियोगिता आयोजना गरेर लेटाङ प्याव्सनले लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्याउनुका साथै विद्यार्थीहरुलाई प्रतिभा प्रस्फुटनको अवसर प्रदान गरेको बताउनुभयो । 

कार्यक्रमबारे प्रकाश पार्दै लेटाङ प्याव्सनका अध्यक्ष भोलानाथ पाण्डेले विद्यार्थीहरुलाई अध्ययन–अध्यापन सँगै अतिरिक्त क्रियाकलापमा संलग्न गराउने तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ लोकनृत्य प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो ।  

लेटाङ प्याब्सनका अध्यक्ष भोलानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममलाई लेखा समिति संयोजक खगेन्द्रराज भण्डारीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा लेटाङ प्याब्सनका सल्लाहकार कमल अधिकारीले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको उद्देश्य बारे जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार