मुख्य समाचार
विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने |

नोवेल एजुकेशन जाँतेमा कक्षा ११ सुरु हुँदै, कम्प्युटर साइन्स पनि पढाइने

मोरङ खबर 471+ समाचार ( )
१६ असार २०८१, शनिबार

लेटाङ । लेटाङ ८ जाँते बजारस्थित नोवेल एजुकेशन डेभलपमेन्ट फाउण्डेशनमा कक्षा ११ को पठन पाठन सुरु हुने भएको छ । नगरकै अग्रणी नीजि विद्यालयको रुपमा पहिचान बनाउन सफल नोवेल एजुेकशनमा कक्षा १० सम्म मात्र पठन पाठन हुने गरेकोमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्न लागिएको हो ।

नगरपालिकाबाट कक्षा ११ को अनुमति प्राप्त भइसकेकाले आगामी श्रावणको पहिलो हप्तादेखि कक्षा ११ मा व्यवस्थापन विषयतर्फको अध्यापन सुरु गरिने प्रिन्सिपल भोलानाथ पाण्डेले जानकारी दिनुभयो । व्यवस्थापनतर्फ ऐच्छिक विषय कम्प्युटर साइन्स सहितको कक्षा सञ्चालन गर्न लागिएको समेत उहाँले जानकारी दिनुभयो । कक्षा ११ मा आधुनिक विषय र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरुले नगर भन्दा बाहिरका विद्यालयमा जानु परिरहेको बाध्यतालाई मध्यनजर गर्दै जाँतेमै कक्षा ११ को पठनपाठन सुरु गरिएको उहाँको भनाइ छ । नोवेल एजुकेशनले कक्षा ११ समेत सुरु गरेपछि गुणस्तरिय शिक्षाको खोजी गर्दै घर भन्दा टाढा जानुपर्ने यस क्षेत्रका विद्यार्थीहरुको बाध्यता अन्त्य हुने भएको छ ।

व्यवस्थापनतर्फ आधुनिक विषयको रुपमा रहेको कम्प्युटर साइन्स समेत लेटाङ जाँतेकै विद्यालयमा अध्यापन हुने भएपछि विद्यार्थीहरु समेत हर्षित भएका छन् ।

नयाँ कक्षा सुरु गरिएको भएपनि दक्ष र अनुभवि शिक्षकहरुद्वारा पठन पाठन सञ्चालन गरिने भएकाले शैक्षिक गुणस्तरको गरिमालाई खस्किन नदिने तर्फ आफुहरु सचेत रहेको प्रिन्सिपल पाण्डेको भनाइ छ । कक्षा १० सम्मको गुणस्तरीय शिक्षाका लागि अभिभावकहरुले जुन विश्वास गरिरहनु भएको छ, कक्षा ११ मा समेत त्यसलाई कायम गर्ने तरिकाले अघि बढ्ने प्रिन्सिपल पाण्डेले प्रतिवद्धता समेत जनाउनु भएको छ ।

लेटाङ नगरपालिकामा यस वर्ष नोवेल एजुकेशनसहित अन्य २ वटा गरि जम्मा ३ वटा विद्यालयले कक्षा ११ को पठन पाठनका लागि अनुमति पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार