मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा विविध कार्यक्रम गरि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

मोरङ खबर 406+ समाचार ( )
८ असार २०८१, शुक्रबार

लेटाङ । मोरङको लेटाङमा शुक्रबार विविध कार्यक्रम गरि १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । पतञ्जली योग नगर समिति लेटाङ र महिला पतञ्जली योग समिति लेटाङको संयुक्त आयोजनामा योग दिवसको शुभकामना आदन–प्रदान, योग विशेष शिष्टाचार अभ्यास, नाचगान र बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरी अन्तार्राष्ट्रिय योग दिवस मनाइएको हो । 

लेटाङ–५ खेरुवास्थित ग्रीनपीस पार्टी प्यालेसमा भएको कार्यक्रममा  विभिन्न योगाभ्यास, योग विशेष शिष्टाचार अभ्यास र नाचगान गर्नुका साथै पतञ्जली योगका साधकहरुले योगको महत्व बारे धारणा राख्नुभयो । सो अवसरमा लेटाङ जेसीजका अध्यक्ष दुर्गा घिमिरेका साथै उर्लावारी र पथरीबाट आएका जेसीजका अभियन्ताहरुको समेत सहभागिता रहेको थियो । 

यसैगरि योग दिवसकै अवसरमा पतञ्जली योग नगर समिति लेटाङ र महिला पतञ्जली योग समिति लेटाङको संयुक्त आयोजनामा लेटाङ नगरपालिका वडा नम्बर ३ स्थित चन्द्रमा बाल विकास केन्द्रका बालबालिकाहरुलाई भोजन गराउनुका साथै शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डम्बर बहादुर राईले बालविकास केन्द्रका बालबालिकाहरुलाई कपिकलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले शारिरिक र मानशिक दुवै स्वाथ्यका लागि योग महत्वपूर्ण रहेकाले स्वस्थ समाज निर्माण गर्न सबैले योग गर्नुपर्नेमा जोड दिनुभयो ।  

यसैगरि पतञ्जली योग नगर समिति लेटाङका अध्यक्ष मोहन अधिकारीले योगको महत्व र अन्तर्राष्ट्रिय योग दिवसको इतिहास तथा थालनी बारे जानकारी गराउनुभयो । कार्यक्रममा  महिला पतञ्जली योग समिति लेटाङका अध्यक्ष रेवा उदास लगायतका पदाधिकारीहरु र योग साधकहरुको समेत उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार