मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

मर्न थाले लेटाङ प्रवेशद्वारको सौन्दर्यकरणका लागि रोपिएका विरुवा, ट्राफिक प्रहरी विट प्रयोगविहीन (भिडियोसहित)

मोरङ खबर 406+ समाचार ( )
२८ माघ २०८०, आइतबार

- उमेश चाम्लिङ

लेटाङ । करिव डेढ वर्ष अघि लेटाङ नगरपालिकाले प्रवेशद्वार सौन्दर्यकरण गर्न भन्दै रोपेका फूलका विरुवाहरु मर्न थालेका छन् । नगरपालिकाको प्रवेशद्वार गंगेचौकदेखि दक्षिण करिव १ किलोमिटर जंगल क्षेत्रमा दुवैतर्फ विभिन्न प्रजातिका फूलका विरुवा रोपिएकोमा दर्जनौं विरुवा मरेका छन् ।

लेटाङ नगरपालिकाको प्रवेशद्वार सौन्दर्यकरण गर्ने भन्दै नगरपालिकाले नगरको प्रवेशद्वारमा वृहत जनश्रमदानमार्फत डेढ वर्ष अघि फूलका विरुवाहरु रोपेको थियो । नगरपालिकाले विरुवा, मल र घेरावाराको व्यवस्था गरेको थियो भने जनश्रमदानद्वारा रोप्ने काम सम्पन्न भएको थियो ।

लामो समयदेखि फोहोर रहेको प्रवेशद्वार सुन्दर बन्ला भन्ने आशमा स्थानीयवासीले नगरपालिकाको अभियानमा सहयोग गर्दै जनश्रमदानमा सहभागी भएका थिए । तर राम्ररी हुर्कन नपाउँदै दजनौं विरुवाहरु मरिसकेका छन् । विरुवालाई घेराबारा गरेर संरक्षण गरेपनि नियमित रुपमा सिंचाई नहुँदा सुख्या भएर विरुवाहरु मरेका हुन् ।   जसका कारण प्रवेशद्वार सुन्दर बनाउने नगरपालिकाको अभियानमा ठेस लाग्ने देखिएको छ । 

यसैगरि लेटाङ नगरपालिकाको प्रवेशद्वारमा निर्माण गरिएको ट्राफिक प्रहरी विट समेत प्रयोगविहीन भएर अलपत्र परेको छ । लाखौं खर्च गरेर बनाइएको व्यवस्थित ट्राफिक बीटमा ट्राफिक प्रहरी बस्ने गरेका छैनन् । जसका कारण ट्राफिक बीट अलपत्र र बेस्याहार भएको छ ।

यसैगरि नगरपालिकाको प्रवेशद्वारमा जडान गरिएको सार्वजनिक धारामा पानी नआउँदा पैदलयात्रीलाई समस्या हुने गरेको छ । जंगलबाट घाँस दाउर गरेर आउने तथा मलामीबाट आउने मानिसहरुलाई लक्षीत गरि जडान गरिएको धारामा पानी आउन छाडेको भन्दै स्थानीय युवाहरुले गुनाशो गरेका छन् ।

भिडियो हेर्न  यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार