मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ

मोरङ खबर 482+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

धनकुटाः धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाइएको हो ।

जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भएको हो । मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको जनाइएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही दिन सरसफाइ गरेपछि सामान्य मर्मतसम्भार गरी मैदान खेल गतिविधिका लागि खुला गरिने बताउनुभयो । अहिले मैदानमा दुबो विस्तार, सतह सम्याउने र नियमित सरसफाइलाई प्राथमिकता दिइएको छ ।

आगामी दिनमा प्रवेश तथा प्रयोगसम्बन्धी मापदण्ड बनाएर व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ । टुँडिखेल बन्द हुँदा विद्यालयस्तरीय फुटबल प्रशिक्षण, भलिबल अभ्यास, एथलेटिक्सलगायत खेल गतिविधि प्रभावित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार