मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ जाँतेमा संस्कृत विद्यापीठको छात्रावास भवन उद्घाटन (भिडियोसहित)

रेवती रमण निरौला 161+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

लेटाङ । लेटाङ–९ जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठको नवनिर्मित छात्रावास भवन शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले भवनको शिलालेख अनावरण गर्दै भवनको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले संस्कृत भाषाको महत्व विश्वव्यापि रुपमा बढेको अवस्थामा नेपालीहरुले भने वेवास्ता गरेकाले यसको संरक्षण र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृतभाषा, संस्कृति र परम्पराको संरक्षणका लागि यस किसिमका शिक्षालयहरूको विकास अपरिहार्य रहेको पनि उल्लेख गर्नुभयो । 

नेपाल सरकार, कोशी प्रदेश सरकार, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका, विभिन्न वडाहरू तथा महायज्ञका दाताहरुको सहयोगमा जम्मा १ करोड १ लाख १३ हजार १ सय ६७ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ निरौलाले जानकारी दिनुभयो । 

 जसमध्ये नेपाल सरकारबाट ७५ लाख ५५ हजार ४ सय ५७, लेटाङ नगरपालिकाबाट ९ लाख २७ हजार २ सय ४२, लेटाङ वडा नम्बर २ बाट ९५ हजार ८ सय ६५, लेटाङ वडा नम्बर ४ बाट ३६ हजार, लेटाङ वडा नम्बर ८ बाट ९५ हजार ८ सय ६५, मिक्लाजुङ गाउँपालिकाबाट ९५ हजार ८ सय ६५, कोशी प्रदेश सरकारबाट १ लाख ५० हजार र महायज्ञबाट संकलित सहयोग रकम १० लाख ६१ हजार ८ रुपैयाँ गरि १ करोड १ लाख १३ हजार १ सय ६७ रुपैयाँको लागतमा ३ तले भवन निर्माण गरिएको हो । 

भवन उद्घाटन कार्यक्रममा लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती, कोशी प्रदेश सरकारका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरे, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरु तथा विभिन्न धार्मिक तथा सामाजिक संघसँस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा विद्यालयका पूर्व शिक्षक उज्ज्वल ढुंगानालाई विदाई तथा सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटा लगायत विशिष्ट अतिथिहरुले पूर्वशिक्षक ढुंगानालाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार