मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङ जाँतेमा संस्कृत विद्यापीठको छात्रावास भवन उद्घाटन (भिडियोसहित)

रेवती रमण निरौला 149+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

लेटाङ । लेटाङ–९ जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठको नवनिर्मित छात्रावास भवन शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले भवनको शिलालेख अनावरण गर्दै भवनको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले संस्कृत भाषाको महत्व विश्वव्यापि रुपमा बढेको अवस्थामा नेपालीहरुले भने वेवास्ता गरेकाले यसको संरक्षण र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृतभाषा, संस्कृति र परम्पराको संरक्षणका लागि यस किसिमका शिक्षालयहरूको विकास अपरिहार्य रहेको पनि उल्लेख गर्नुभयो । 

नेपाल सरकार, कोशी प्रदेश सरकार, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका, विभिन्न वडाहरू तथा महायज्ञका दाताहरुको सहयोगमा जम्मा १ करोड १ लाख १३ हजार १ सय ६७ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ निरौलाले जानकारी दिनुभयो । 

 जसमध्ये नेपाल सरकारबाट ७५ लाख ५५ हजार ४ सय ५७, लेटाङ नगरपालिकाबाट ९ लाख २७ हजार २ सय ४२, लेटाङ वडा नम्बर २ बाट ९५ हजार ८ सय ६५, लेटाङ वडा नम्बर ४ बाट ३६ हजार, लेटाङ वडा नम्बर ८ बाट ९५ हजार ८ सय ६५, मिक्लाजुङ गाउँपालिकाबाट ९५ हजार ८ सय ६५, कोशी प्रदेश सरकारबाट १ लाख ५० हजार र महायज्ञबाट संकलित सहयोग रकम १० लाख ६१ हजार ८ रुपैयाँ गरि १ करोड १ लाख १३ हजार १ सय ६७ रुपैयाँको लागतमा ३ तले भवन निर्माण गरिएको हो । 

भवन उद्घाटन कार्यक्रममा लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती, कोशी प्रदेश सरकारका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरे, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरु तथा विभिन्न धार्मिक तथा सामाजिक संघसँस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा विद्यालयका पूर्व शिक्षक उज्ज्वल ढुंगानालाई विदाई तथा सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटा लगायत विशिष्ट अतिथिहरुले पूर्वशिक्षक ढुंगानालाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार