मुख्य समाचार
नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने | आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु | स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ | सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने |

लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस

रेवती रमण निरौला 160+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले विशेष कार्यक्रम गरि संविधान दिवस मनाएको छ । नगर प्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, संघसँस्थाका प्रतिनिधि, पत्रकारहरु र जेनजीका युवाहरुलाई संविधानको पुस्तक वितरण गरिएको छ । नगर प्रमुख भूपेन्द्रकुमार लावतीले सबैलाई पुस्तक हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा बोल्दै उहाँले संविधान बारे जनतालाई जानकारी गराउनु राज्यको कर्तव्य भएकाले पुस्तक वितरण गरिएको बताउनुभयो । उहाँले २०७२ सालमा जारी भएको नेपालको संविधान उत्कृष्ट संविधान भएकाले यसको कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 

संविधानमा रहेका व्यवस्था बारे जानकारी गराउँदै उहाँले असहमति र असन्तुष्टि रहेको अवस्थामा संविधान संशोधन गरेर जान सकिने पनि बताउनुभयो । 

कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष भुपेश लिम्बू, नागरिक समाजका अगुवा सिताराम लुईटेल र जेन्जी युवाहरुको तर्फबाट रिचन तिम्सिनाले मन्तव्य राख्नुभयो । 

कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष लगायतका जनप्रतिनिधहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेन्जीका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार