मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम

मोरङ खबर 410+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

लेटाङ । लेटाङमा भर्खरै निर्माण सम्पन्न भएको शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको कोशी प्रदेशका मुख्यमन्त्री र नेपालका लागि जापानीज राजदूतले उद्घाटन गर्ने भएका छन् । 

पुस्तकालयले आज बुधबार पत्रकार सम्मेलन गरि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि जापानीज राजदूत मोदा तोरुको आतिथ्यतामा आगामी भदौ १३ गते राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर भव्य कार्यक्रम गरि पुस्तकालय तथा श्रोत केन्द्र उद्घाटन गर्ने जानकारी दिएको हो ।  

पत्रकार सम्मेलनमा बोल्दै पुस्तकालयका अध्यक्ष सुदेश वस्तीले शान्ति भगवति माविको प्राङ्गणमा हुने उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, नेपालका लागि जापानीज राजदुत, सांसदहरु र जापानबाट आएका अन्य विशिष्ट पाउनाहरु लगायतको उपस्थिति रहने जानकारी दिनुभयो । उहाँले “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारासहित हुने कार्यक्रममा लेटाङको पहिचान झल्कने स्थानीय साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने जानकारी दिनुभयो ।  

जापान सरकार र जापानी दाताहरूको सहयोगमार्फत शान्ति भोलिन्टियर एसोसिएसन र रिड नेपाल तथा स्थानीय समुदायको साझेदारीमा स्थापना गरिएको पुस्तकालयका लागि शान्ति भगवती माविले जग्गा उपलब्ध गराएको हो । 

पत्रकार सम्मेलनमा ३ करोड १ लाख ५९  हजार ३ सय ६५ को परियोजना अन्तरगत शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र स्थापना गरि सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ । २ करोड ८३ लाख ५९ हजार ३ सय ६५ जापान सरकार र जापानी दाताहरूको सहयोगमार्फत शान्ति भोलिन्टियर एसोसिएसन र रिड नेपालबाट प्राप्त भएकोमा १८ लाख स्थानीय समुदायबाट जुटाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

जसमध्ये १ करोड ९२ लाख रुपैयाँको लागतमा ३ तले सुविधा सम्पन्न आधुनिक भवन निर्माण गरिएको हो । अन्य रकम भने फर्निचर खरिद, पुस्तकालयका सामाग्री खरिद, कम्प्युटर ल्याव स्थापना, कर्मचारी पारिश्रमिक तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि खर्च गरिने अध्यक्ष वस्तीले जानकारी दिनुभयो ।     

बहु–प्रकोप प्रतिरोधात्मक पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना–प्रविधि कक्ष, युवा कक्ष, श्रव्य–दृश्य कक्ष, सूचना श्रोत तथा विपद जोखिम न्यूनिकरण कक्ष र तालिम हल रहेका छन् । पुस्तकालयको दिगो सञ्चालनका लागि पाँचवटा सटर र गोष्ठी हल जस्ता आम्दानीमुखी संरचना पनि निर्माण गरिएको छ ।  

पुस्तकालयले पढ्ने संस्कार विकाससँगै शिक्षा, सीप, आर्थिक विकास तथा सामुदायिक विकासका क्षेत्रमा काम गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका पदाधिकारीहरु, रिड नेपालका चीनकाजी श्रेष्ठ, साजन थापा, एलवी भण्डारी तथा एसभीए नेपालका एक्जुकेटिभ डाइरेक्टर हिरोको हागिहारा, गणेश लामा, नवल बडू लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार