मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |

विराटनगरको सिंघिया खोलामा महाशिव गंगा आरती सुरु (भिडियोसहित)

मोरङ खबर 396+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

विराटनगर । विराटनगरको घिनाघाटस्थित सिंघिया खोलामा महाशिव गंगा आरती सुरु गरिएको छ । साउन महिनाको पहिलो सोमबारको साइत पारेर गत सोमबार साँझदेखि विराटनगर–१९ घिनाघाटस्थित सिंघिया खोला किनारमा महाशिव गंगा आरती शुभारम्भ गरिएको हो ।  हेर्नुहोस् भिडियो समाचार ।   

वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियानको आयोजनामा वैदिक एवं सनातन परम्परा अनुसार शुरु गरिएको आरतीमा उल्लेख्य संख्यामा भक्तजनहरु सहभागी भएका छन् । देशका विभिन्न ठाउँमा नदी किनारमा शिवगंगा आरती गर्ने चलन रहेपनि विराटनगरमा भने पहिलोपटक सुरु गरिएकाले आरती हेर्न बाक्लो संख्यामा विराटनगबासी भेला भएका थिए । 

बनारसबाट प्रशिक्षित भएका झापाका पण्डितद्वय पुष्प गौतम र तुलसी खतिवडाले आरतीका निम्ति स्थानीय बटुकहरूताई १७ दिनसम्म प्रशिक्षण दिएपछि गंगाआरती सुरु गरिएको हो । अब प्रत्येक सोमबार साँझ आरतीलाई निरन्तरता दिइने आयोजक समितिका नेत्रप्रसाद निरौलाले जानकारी दिनुभयो ।  आरती शुभारम्भको क्रममा सबैभन्दा पहिले स्वस्तिवाचन, मंगलाचरण गरि दीप आरती र शिव ताण्डव स्तोत्र वाचन गरिएको थियो । 

सनातन धर्ममा गंगा आरती अनादिकालदेखि चलि आएको श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पिठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले जानकारी दिनुभयो ।  जीवनमा जलको महत्व सर्वोपरि रहेको बताउँदै उहाँले गंगाआरतीका कारण खोलाको सरसफाईमा पनि मद्दत पुग्ने बताउनुभयो । 

विराटनगरको घिनाघाटमा सुरु भएको शिवगंगा आरतीले यहाँको धार्मिक पर्यटन विकासमा मद्दत पुग्नेछ । विराटनगरमा कमै मात्रामा पर्यटकीयस्थलहरु रहेकोमा स्थानीयवासीले साथ दिएमा घिनाघाटको गंगा आरतीस्थल एउटा आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार