लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत पुरुष फुटबलतर्फको उपाधि लेटाङ ६ ले जितेको छ । आज बुधबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ लाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि जितेको हो ।
वडा नम्बर ६ लाई जित दिलाउने क्रममा जर्सी नम्बर १७ का अनिल राईले खेल सुरु भएको ७ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरि पहिलो हाफको ३३ मिनेटमा जर्सी नम्बर ८ का खेलाडी अनिस लिम्बूले गोल गर्दै वडा नम्बर ६ को अग्रता दोव्वर पारे । यस्तै दोश्रो हाफको ७ मिनेटमा जर्सी नम्बर ३० का खगेन्द्र लिम्बूले वडा नम्बर ६ का लागि तेश्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
दोश्रो हाफको सुरुमै दुवै टीमका १–१ जना खेलाडीले रेडकार्ड पाएपछि दुवै टीम १० खेलाडीमा सिमिति भएका थिए । वडा नम्बर ६ का जर्सी नम्बर २५ का अभिषेक मगर र वडा ३ का सुजन विकले खेल मैदानमै एकआपसमा विवाद गरेपछि रातो कार्ड खाँदै बारिरिएका हुन् ।

वडा नम्बर ६ सेमीफाइनलमा वडा नम्बर ८ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने वडा नम्बर ३ सेमीफाइनलमा वडा नम्बर २ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
यसैगरि मंगलबार सम्पन्न तेश्रो स्थानको खेलमा वडा नम्बर २ लाई ३–० ले पराजित गर्दै वडा नम्बर ८ ले तेश्रो स्थान हासिल गरेको थियो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई नगर प्रमख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्वनगर प्रमुख शंकर राई लगायतले ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गनृुभयो ।
उपाधि विजेता वडा नम्बर ६ ले ट्रफिसहित नगद ५० हजार, उपविजेता वडा नम्बर ३ ले ट्रफिसहित ३० हजार र तेश्रो भएको वडा नम्बर ८ ले नगद २० हजार पुरस्कार पाएका छन् । लेटाङ खेलकुद महोत्सव अन्तरगत फुटबलतर्फ वडा नम्बर ७ बाहेक ८ वटा वडाका टोलीले प्रतिस्पर्धा गरेका थिए ।