लेटाङ । साताको अन्तिम कारोबार दिन हिजो शुक्रबार शेयर बजार मापक नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.८८ अंकले बढेर २७३४.६० बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५३ स्क्रिप्टको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ७० हजार १५८ पटक किनबेच हुँदा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँको शेयर किनबेच भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाउँदा बैंकिङ समूह सर्वाधिक १.१७ प्रतिशतले बढेको छ । सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात २.०८ प्रतिशतले घटेको छ ।
शुक्रबार रिडी पावरको सर्वाधिक ३० करोड ९३ लाख १९ हजा २३९ रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत र कर्पाेरेट डेभलपमेन्ट बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
शुक्रबार पनि एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ । आत्मनिर्भर लघुवित्तको शेयरमूल्य १४.४६ प्रतिशत बढेको छ ।
उच्च मूल्य घट्ने कम्पनीमा सामुहिक लगानी कोष समूह र ऋणपत्रहरू रहेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ९९ अर्ब ६० करोड ९३ लाख ५९ हजार ६३६ रुपैयाँ कायम भएको छ ।