मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

यसैगरि लेटाङ नगरपालिका स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकन FRA मा पनि जिल्लाकै दोश्रो भएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा लेटाङ नगरपालिका जिल्लाकै दोश्रो बन्न सफल, महानगरपालिका बाहेकमा पहिलो

रेवती रमण निरौला 160+ समाचार ( )
गतवर्ष सार्वजनिक आर्थिक वर्ष २०७९।०८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लामा निकै तल १४ औँ स्थानमा रहेको लेटाङ नगरपालिकाले भर्खरै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०।०८१ को कार्यसम्पादन मूल्यांकनमा चामत्कारिकरुपमा फड्को मार्दै जिल्लाकै दोश्रो बन्न सफल भएको हो ।
३ फाल्गुन २०८१, शनिबार

लेटाङ । लेटाङ नगरपालिका कार्यसम्पादन मूल्यांकनमा मोरङ जिल्लाका स्थानीय तहहरुमध्ये दोश्रो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको तथ्यांक अनुशार लेटाङ नगरपालिका ५७ दशमलव ८ अंक प्राप्त गर्दै जिल्लाकै दोश्रो बन्न सफल भएको हो । 

गतवर्ष सार्वजनिक आर्थिक वर्ष २०७९।०८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लामा निकै तल १४ औँ स्थानमा रहेको लेटाङ नगरपालिकाले भर्खरै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०।०८१ को कार्यसम्पादन मूल्यांकनमा चामत्कारिकरुपमा फड्को मार्दै जिल्लाकै दोश्रो बन्न सफल भएको हो । 

मोरङ जिल्लामा पहिलो भने विराटनगर महानगरपालिका बनेको छ । विराटनगर  ७३ दशमलव ५ अंक प्राप्त गर्दै पहिलो हुँदा महानगरपालिका बाहेकमा भने लेटाङ नगरपालिका ५७ दशमलव ८ अंक प्राप्त गर्दै जिल्लाकै पहिलो भएको छ । तेश्रो स्थानमा भने सुन्दरहरैँचा नगरपालिका रहेको छ ।

सुन्दरहरैँचाले ५५ दशमलव ६ अंक प्राप्त गर्दा चौथो स्थानमा रहेको बुढीगंगाले ५४ दशमलव ६ र पाँचौँ स्थानमा रहेको केराबारी गाउँपालिकाले ५३ दशमलव ७ अंक पाएको छ । मोरङमा सबैभन्दा कम अंक पाउने धनपालथान गाउँपालिकाले ३२.९ अंक पाएको छ ।  

 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूलाई अनुदान वितरण गर्दा कार्यसम्पादनका आधारमा वितरण गर्ने व्यवस्था गरेको छ । आर्थिक व्यवस्थापन, पूर्वाधार विकास, सामाजिक सेवाहरूको प्रभावकारिता र प्रशासनिक क्षमता जस्ता कार्यसम्पादन मूल्यांकनका सूचकहरुको अंकभारका आधारमा अंक प्रदान गरिन्छ । 

संघीय सरकारबाट कार्यसम्पादन मूल्यांकनमा आधारित भएर आगामी आर्थिक वर्षको बजेटमा अनुदान आउने भएकाले लेटाङ नगरपालिकालाई आगामी आर्थिक वर्षमा संघीय सरकारबाट आउने अनुदान पनि बढ्ने अपेक्षा गरिएको छ । 

लेटाङ नगरपालिका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले आफु निर्वाचित भएर आएदेखि नै कार्यसम्पादन र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेकाले सोही अनुशारको नजिता आएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा अझ बढी अंक प्राप्त गर्ने तरिकाले अझ व्यवस्थित रुपमा काम गरिरहेको पनि जानकारी दिनुभयो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय सरकार भने डडेल्धुुराको अमरगढी नगरपालिका भएको छ । १७ वटा विभिन्न सूचक राखेर १०० पूर्णाङ्कमा अमरगढीले ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ८१ दशमलव ७ अंक ल्याएको छ ।

अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले ८० दशमलव २ अंक ल्याउँदै दोश्रो भएको छ । गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले समान ७८.२ अंक प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन् । आयोगले हरेक वर्ष प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्ने गर्दछ । 

FRA र LISA  मा उल्लेख्य सुधार 

यसैगरि लेटाङ नगरपालिका स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकन FRA मा पनि जिल्लाकै दोश्रो भएको छ । अघिल्लो आर्थिक वर्षमा स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकनमा चौथो स्थानमा रहेको लेटाङ नगरपालिका यसवर्ष ८६ दशमलव ५ अंक प्राप्त गर्दै दोश्रो भएको हो ।

यसैगरि लेटाङ नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन LISA मा पनि उल्लेख्य सुधार गर्दै आठौँ भएको छ । अघिल्लो आर्थिक वर्षमा ६८ दशमलव ५ अंकका साथ चौधौँ स्थानमा रहेको लेटाङ नगरपालिका यसवर्ष ८३ दशमलव ७५ अंकका साथ आठौँ स्थानमा उक्लिएको हो । 

प्रतिक्रिया

पदम हेमन्त कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नंं ९ सुन्दरपुर। ५ फाल्गुन २०८१, सोमबार

बिगतको अवस्था जे जस्तो भएपनि आ व २०७९/०८०को भन्दा आ व २०८०/२०८१को जिल्लाकै दोश्रो स्थानमा मुल्यांकन हुनुले देशभरिका लागी चमत्कारिक नभएर सुशासन युक्त नगरपालिकाको नामले चिनिनुमा लेटाङ नगरपालिका आफैमा गौरवमय इतिहास बोकेको अनुभूति भएको महसुश गरेको छु।

Deepak raj rai ४ फाल्गुन २०८१, आइतबार

बधाई तथा आगामी बर्षहरुमा जिल्ला, प्रदेश र संघकै उत्कृष्ट स्थान हासिल गर्न सफलताको शुभकामना!❤️❤️❤️

अोम प्रकाश विश्वकर्मा ३ फाल्गुन २०८१, शनिबार

लेटाङका मेयरले खाली नीति, नियम , सुशासन का मात्र कुरा गर्नु हुन्छ ।नीति ले खान दिन्छ ? खाली काम गर्नुनी भन्नू हुन्छ तर अघिल्ला वर्षहरूमा जथाभावी नियम मिचेर काम गर्दाका परिणाम पनि नदेखिएको भने हैन।त्यसका असरहरू नगरले भोगेकै हो।केही वर्ष देखि नगरले बेरूजु शून्य पार्ने लक्ष लियो तब अाज सुधार भएको पाउँदा खुशी लाग्यो।२०७९/०८० मा १४ अौ भएको लेटाङ २०८०/०८१ मा दोस्रो त्यसमा पनि नगरपालिका तर्फ जिल्लामा पहिलो । चानचुने कुरा कहाँ होर।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार