मुख्य समाचार
सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ | बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा | अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया | गाडी, भ्रमण र घरभाडामा अर्थ मन्त्रालयको लगाम | इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी उत्कृष्ट प्रहरी घोषित | दोलखाको गौरीशंकरमा बाढीले बगाउँदा एक जना बेपत्ता, ४ जना कर्मचारी भीरमा बसेर उद्धारको पर्खाइमा | बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प | नामिबियासँग नेपाल ८ विकेटले पराजित, दोहोरियो कमजोर प्रदर्शन | इटहरीको दिगो चार्ज प्वाइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास गरिने | धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट |

बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

मोरङ खबर 430+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

लेटाङ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मंगलबार राजीनामा बुझाउँदै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत् संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पार्टीको निर्णय तथा विकसित राजनीतिक परिस्थितिका आधारमा सरकारमा सहभागी सबै मन्त्रीले तत्काल प्रभावबाट राजीनामा दिएको जानकारी गराएका छन् । पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको उल्लेख गरिएको छ ।

राजीनामा दिने मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।

गत असार ३२ गते मन्त्रिपरिषद् बैठकपछि काठमाडौं फर्किएका एमाले मन्त्रीहरू राजीनामा बुझाउन मंगलबार राति हेटौंडा पुगेका थिए । कृषि मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन स्पष्ट निर्देशन दिएको थियो ।

बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार