मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

दोस्रो हिलेथाम कप फुटबलको उपाधि पिङबुङलाई

मोरङ खबर 406+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

- तिलक राई 

केराबारी । मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित  दोस्रो हिलेथाम कप फुटबल प्रतियोगिताको उपाधि पिङबुङ फुटबल क्लव साँगुरीगढी धनकुटाले जितेको छ । प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा मिक्लाजुङ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै पिङबुङ फुटबल क्लब सागुरीगढीले उपाधि जितेको हो । 

प्रतियोगिताको विजेता पिङबुङले ट्रफीसहित नगद १ लाख तथा दोश्रो हुने मिक्लाजुङले ट्रफीसहित  ६५ हजार पुरस्कार पाएका छन् । साथै बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, राइजिङ प्लेयर, धेरै लगाउने खेलाडी र पहिलो गोल लगाउने खेलाडीलाई पनि ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।  

आयोजक सँस्था  हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिका अध्यक्ष विक्रम शाही ठकुरी, कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल याखा राई, विशिष्ट अतिथि वडासदस्य नगेन्द्रबहादुर ठकुरी लगायतले विजेता खेलाडीहरुलाई ट्रफि, प्रमाणपत्र तथा पुरस्कार रकम प्रदान गर्नुभयो ।  

    प्रतियोगितामा प्रथम पुरस्कारको रकम केराबारी गाउँपालिका र दोश्रो पुरस्कार रकम केराबारी गाउँपालिका वडा नम्बर २ को कार्यालयले उपलब्ध गराएका थिए भने विभिन्न संघ सँस्थाहरुले सहयोग गरेका थिए ।   

  प्रतियोगितामा लेटाङ फुटबल क्लव, सीसीडीआइसी फुटबल क्लव बुधुक धनकुटा, सिंहदेवी फुटबल क्लव, केराबारी फुटबल क्लव, मिक्लाजुङ फुटबल क्लव, रारा फुटबल क्लव र पिङबुङ फुटबल क्लव साँगुरीगडी गरि ८ वटा टीमले सहभागिता जनाएका थिए ।  

   हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिको आयोजनामा फागुन १४ गतेबाट सुरु भएको प्रतियोगिता आज आइतबार सम्पन्न भएको हो ।  सो अवसरमा लिम्बू जातिको केलाङ नृत्य समेत प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार