मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु

मोरङ खबर 406+ समाचार ( )
९ पौष २०८२, बुधवार

लेटाङ । स्थानीय युवायुवतीलाई रोजगारीसँग जोड्ने उद्देश्यसहित लेटाङ–४ स्थित शान्ती सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले ३९० घण्टे प्राविधिक तालिम सञ्चालनमा ल्याएको छ । एसी तथा फ्रिज मर्मत, जुनियर वेल्डिङ, इलेक्ट्रिसियन र प्लम्बिङ विषयका तालिमको मंगलबार उद्घाटन गरिएको छ । 

शान्ती सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुदेश वस्तीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा लेटाङ–४ का वडाअध्यक्ष रामकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो । प्रमुख अतिथि श्रेष्ठले गमलामा जल अर्पण गरी परम्परागत विधिबाट तालिमको औपचारिक सुरुआत गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साखाका अधिकृत, शान्ति भगवति माविका प्रधानाध्यापक होमनाथ पौडेल, रिड नेपालका प्रबन्ध निर्देशक चिनकाजी श्रेष्ठ, एसभिए नेपालका प्रतिनिधि डा. गणेश लामा तथा म्यारिड टेक्निकल इन्स्टिच्युटका प्राविधिक सुदर्शन दाहालको उपस्थिति रहेको थियो ।  साथै प्रशिक्षकहरू ईश्वर थापा, जगदीश चौधरी र रबिन लिम्बू पनि कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा वक्ताहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाको बढ्दो महत्व औंल्याउँदै स्थानीय तहमा यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताए । तालिमबाट उत्पादन हुने दक्ष जनशक्तिले स्थानीय बजारको माग पूर्ति गर्नुका साथै स्वरोजगारमा पनि टेवा पुग्ने उनीहरूको भनाइ छ । 

३९० घण्टे तालिम अन्तर्गत सहभागीहरूले सम्बन्धित विषयमा सैद्धान्तिक तथा व्यवहारिक दुवै प्रकारका ज्ञान हासिल गर्नेछन् । आयोजकका अनुसार तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अन्य तालिम कार्यक्रममा प्रशिक्षकका रूपमा अवसर प्रदान गरिने छ । 

उद्घाटन कार्यक्रम सञ्चालन मानस विश्वकर्माले गर्नु भएको थियो भने शृतिदेवी राईले स्वागत मन्तव्य राख्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार