मुख्य समाचार
सुन्दरहरैँचामा माघ ३० गतेदेखि सुन्दरहरैँचा विराट एक्स्पो हुँदै, ८ ठाउँमा सार्वजनिक शौचालय बनाउने उद्देश्य (भिडियोसहित) | नोवेल एजुकेशन लेटाङ–८ जाँतेमा विज्ञान प्रदर्शनी सम्पन्न (भिडियोसहित) | सुन्दरहरैँचा विराट एक्स्पोको तयारी तिव्र, (अध्यक्ष नारायण कार्कीसँगको विशेष कुराकानी) | लेटाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मेसन तालिम सञ्चालन (भिडियोसहित) | उपमेयर पक्षको माग पुरा गर्ने मेयरको प्रतिवद्धतापछि इटहरीको विवाद साम्य (भिडियोसहित) | इटहरीमा मेयर र उपमेयरको विवाद बढ्दो, मेयरले मनलाग्दी गरेको आरोप | लेटाङमा फागुन ३ देखि खेलकुद महोत्सव हुँदै, ९ विधामा प्रतिस्पर्धा | शैक्षिक परामर्श व्यवसायलाई प्रदेश मातहत राख्न व्यवसायीहरुको माग | लेटाङमा बाँसका फर्निचर बनाउने तालिम सुरु | एमाले मोरङको १० औँ जिल्ला अधिवेशनको तयारी तिव्र, फागुन १० गते एकैदिन प्रतिनिधि छनौट गरिने |

लेटाङमा सालक संरक्षणका लागि कार्याशाला सम्पन्न

मोरङ खबर 340+ समाचार ( )
७ जेठ २०८१, सोमबार

लेटाङ । लेटाङ नगरपालिकामा सालक संरक्षणका लागि समुदायमा आधारित सालक संरक्षण विशेष क्षेत्र ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नमुना पर्माकल्चर सिकाई थलो याङ्सिला मोरङको आयोजना, लेटाङ नगरपालिकाको समन्वय तथा भर्टिकल बायोडाइभरसिटी फन्ड र केटीके–बेल्टको आर्थिक सहयोगमा लेटाङ नगरपालिकाको सभाहलमा कार्यशाला सम्पन्न भएको हो । 

कार्यशालामा सालकको महत्व, विशेषता सलाकको संवेदनशिलता, संकटमा पर्नुको कारण लगायत बारेमा छलफल गरिएको छ । कार्यक्रममा सरोकारवालाहरुबीच सालक संरक्षणका लागि तयार भएको कार्यविधिको  नमुना माथी समेत छलफल भएको छ । यसैगरि कार्यक्रममा सालकको परिचय, महत्व लगायतका विषयमा तयार पारिएको भिडियो समेत प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपाने, सामुदायीक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कृष्ण लुइँटेल, सामुदायीक वन उपभोक्ता महासंघका लेटाङ नगर अध्यक्ष आनन्दसागर तिम्सिना, लेटाङमा रहेका विभिन्न सामुदायीक वन उपभोक्ता समूहका प्रतिनिधिहरु, सब डिभिजन वन कार्यालय लेटाङ तथा जाँतेका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।  

सरोकारवालाहरुसँग विशेष कार्याशाला सम्पन्न गरिएपछि आगामी दिनमा परियोजनाका रुपमा सालक संरक्षण कार्यक्रम सुरु गर्ने तयारी रहेको बताइएको छ । कार्यक्रममा सहभागीहरुले सालक संरक्षणमा सबैजना लाग्नुपर्ने भन्दै चासो व्यक्त गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार