मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

शान्ति सामुदायिक पुस्तकालय र रीड नेपालबीच परियोजना सम्झौता (भिडियोसहित)

मोरङ खबर 409+ समाचार ( )
११ जेठ २०८२, शनिबार

लेटाङ । लेटाङ–४ स्थित शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र र रिड नेपालबीच आगामी वर्षका लागि परियोजना सम्झौता सम्पन्न भएको छ । लेटाङ ४ स्थित शान्ति भगवती मावि परिसरमा जापान सरकारको आर्थिक सहयोगमा रिड नेपालमार्फत निर्माण सम्पन्न भएको शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको सञ्चालन, व्यवस्थापन तथा शीप विकासको क्षेत्रमा काम गर्ने उद्देश्यका साथ पुस्तकालय र रीड नेपालबीच सम्झौता भएको हो ।

लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा विहीबार लेटाङ नगरपालिका वडा नम्बर ४ को सभाहलमा एक कार्यक्रमकाबीच शान्ति सामुदायिक पुस्तकालयका अध्यक्ष सुदेश वस्ती र रिड नेपालका तर्फबाट मुरारी विनोद पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।  

शान्ति सामुदायिक पुस्तकालय लेटाङका अध्यक्ष सुदेश वस्तीले महिला, युवा र विद्यार्थी लक्षित विभिन्न कार्यक्रम सञ्चालन तथा भवन निर्माण पश्चात आवश्यक फर्निचर लगायतका सामाग्री खरिद गर्ने विषयमा सम्झौता भएको जानकारी दिनुभयो । उहाँले रिड नेपालका तर्फबाट १ करोड ६८ हजार र समुदायका तर्फबाट २ लाख गरि जम्मा १ करोड २ लाख ६८ हजार बराबारको परियोजना सम्झौता भएको जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र लेटाङको एउटा गहनाको रुपमा रहेको भन्दै नगरपालिकाको तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

यस्तै लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले पुस्तकालय स्थापनामा भूमिका खेल्न पाएकोमा गर्व लागेको बताउनुभयो । उहाँले भौतिक विकास भन्दा यसप्रकारका विकासले अझ बढी अर्थ राख्ने भन्दै पुस्तकालयको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

सोही अवसरमा रिड नेपालले प्रकाशन गरेको लेटाङको कथा नामक पुस्तक पनि विमोचन गरिएको छ । लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, रिड नेपालका प्रतिनिधि मुरारी विनोद पोखरेल लगायतले पुस्तक विमोचन गर्नुभयो । 

रिड नेपालको संयोजनमा स्थानीय अग्रज, जनप्रतिनिधि र बुद्धिजीवीको सहयोगमा तयार पारिएको पुस्तकमा लेटाङको ऐतिहासिक पक्ष, किवदन्ती र सामाजिक पृष्ठभूमिलाई समेटिएको छ ।

कार्यक्रममा रिड नेपालका प्रतिनिधिहरु, जापानी सँस्था एसभीएका प्रतिनिधि लगायत स्थानीय समाजसेवी, अग्रज वुद्धिजीवि, सामाजिक सँघसँस्थाका प्रतिनिधि, सामुदायीक वनका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार