मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय

मोरङ खबर 421+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

लेटाङ ।  अन्ततः सरकारले निजी शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यस्तो निर्णय लिएको बताइएको छ ।

सरकारले दुर्गम र पिछडिएका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो करको अवधारणा अघि सारेको जनाएको थियो । विशेषगरी दलित, सीमान्तकृत तथा विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्ने, स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउन ३ प्रतिशत समता शुल्क प्रस्ताव गरिएको बजेट भाषणमा उल्लेख थियो ।

तर, कर कार्यान्वयनको विषयमा नागरिक स्तरबाट प्राप्त प्रतिक्रियाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक असन्तुष्ट हुने कुनै पनि निर्णयमा पुनर्विचार गर्ने जनाइएको छ ।

अब १० प्रतिशत निःशुल्क सेवामा कडाइ गरिने
सरकारले समता कर फिर्ता लिए तापनि विपन्न र गरिब नागरिकको हितका लागि निजी अस्पतालहरूमा १० प्रतिशत बेड र निजी क्याम्पस तथा विश्वविद्यालयहरूमा १० प्रतिशत सिट विपन्न विद्यार्थीका लागि पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार