मुख्य समाचार
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा | नेपालभन्दा दक्षिण सर्यो मनसुनी रेखा, तराई क्षेत्रमा भन्दा बढी पहाडमा वर्षा | शिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’ | बजेट फागुनभित्र खर्च गर्नुपर्ने, खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने | असार महिनामा सवारी व्यवस्थापनसम्बन्धी भएका कामको प्रहरीले गरायो जानकारी | अब बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने | लगातार ६ दिन बढेको शेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम पनि | नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता | संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त | स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा |

लेटाङमा प्रहरीको सर्च अभियान, गाँजा र प्रतिवन्धित औषधिसहित ३ जना पक्राउ

मोरङ खबर 443+ समाचार ( )
२१ असार २०८०, बिहीबार

मोरङ । लेटाङ नगरपालिका क्षेत्रमा प्रहरीले लागुऔषध नियन्त्रणका लागि सर्च अभियानलाई तीव्रता दिएको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले दैनिक जसो नगरका विभिन्न ठाउँमा लागूऔषध प्रयोगकर्तालाई लक्षित गरि सर्च अभियान चलाउन थालेको छ । यसरी सर्च अभियानका क्रममा लागुऔषध तथा प्रतिवन्धित औषधिसहित प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । मंगलबार राति मात्र लेटाङ नगरपालिकाको जाँते क्षेत्रमा प्रहरीले गरेको सर्च अभियानका क्रममा प्रतिवन्धित औषधि र गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । 

  इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले लेटाङ ९ जाँतेका दिवाहाङ राई र पवन बाग्दासलाई ५ सय ६४ ग्राम गाँजासहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रतिवन्धित औषधि स्पासपेन २०० सय चक्की र ट्रामाडोल २०० चक्की पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध गाँजाको कारोवार गरेको आरोपमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिनुभयो । 

 यस्तै मंगलबार राति नै लेटाङ ९ का अभिशेक दर्जीलाई प्रहरीले प्रतिवन्धित औषधि ट्रामाडोल ४ सय ४५ चक्की, स्पासपेन ५ सय ५३ चक्की र लागुऔषध खाने प्लाष्टिकको बट्टासहित नियन्त्रणमा लिएको जनाएको छ । दर्जीलाई औषधि व्यवस्था विभागमा आवश्यक कारवाहीका लागि जिम्म लगाएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले लेटाङ ८ बाट २ जनालाई प्रतिवन्धित औषधि ट्रामाडोल र स्पासपेनको खोल सहित पक्राउ गरेको छ । उनीरुको साथबाट खोल मात्र बरामद भएकाले हाललाई सुधार केन्द्र पठाउने गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।  

 लागुऔषध नियन्त्रणका लागि सर्च अभियानलाई तीव्रता दिएको लेटाङ प्रहरीले शनिबार मात्र लेटाङ  ३ बाट प्रतिवन्धित औषधिसहित एकजनालाई पक्राउ गरेको थियो । लेटाङ क्षेत्रमा पछिल्लो समय लागुऔषध दुव्र्यसनीहरुको संख्या बढिरहेको छ । लेटाङ नगरपालिकाले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा समेत नगरवासीले लागुऔषधि दूव्र्यसन नियन्त्रणमा नगरपालिकालाई विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार