मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

लेटाङ ९ जाँतेमा चोरको विगविगी, ताला फुटाएर नगद चोरी, ग्रील तोडेर सुनचाँदी पसलमा चोरीको प्रयास (भिडियोसहित)

मोरङ खबर 405+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

जाँते । लेटाङ ९ जाँतेमा मंगलबार राति विभिन्न ३ ठाउँमा चोरीका घटना भएका छन् । लेटाङ ९ जाँतेस्थित मदन चौकमा तुलशी पौडेलले सञ्चालन गर्दै आएको हार्डवेयर पसलबाट करिव ९ हजार नगद चोरी भएको छ । 

विहान उठेर हेर्दा पसलको ढोकामा लगाएको ताला फुटाएर भित्रपसी गल्लाको ताला समेत फुटाइ गल्लामा रहेको करिव ९ हजार नगद चोरी गरेको पाइएको पौडेलले जानकारी दिनुभयो । 

यसैगरि लेटाङ ९ जाँतेस्थित मदनचौक भन्दा केहि उत्तरमा टेकनाथ निरौलाले घरैमा सञ्चालन गर्दै आएको सुनचाँदी पसलमा समेत चोरीको प्रयास भएको छ । चोरी गर्ने उद्देश्यका साथ सो पसल रहेको घरको झ्यालको ग्रील निकालेर भित्र पसेको पाइएको छ ।

पछाडीको कोठाबाट ग्रील निकालेर भित्र पसेपनि पसलसम्म भने पुग्न नसकेपछि संलग्नहरु भागेको देखिएको सञ्चालक टेकनाथ निरौलाले जानकारी दिनुभयो ।

यस्तै निरौलाकै छिमेकी चन्द्र बुर्जा मगरको भान्सा घरको ताला समेत फुटाएको पाइएको छ । तर चोरी भने नभएको मगरले जानकारी दिनुभयो । यस विषयमा प्रहरीलाई बुझ्दा सीसी क्यामेराको आधारमा खोजी कार्य भइरहेको जनाएको छ ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार