जाँते । लेटाङ ९ जाँतेमा मंगलबार राति विभिन्न ३ ठाउँमा चोरीका घटना भएका छन् । लेटाङ ९ जाँतेस्थित मदन चौकमा तुलशी पौडेलले सञ्चालन गर्दै आएको हार्डवेयर पसलबाट करिव ९ हजार नगद चोरी भएको छ ।

विहान उठेर हेर्दा पसलको ढोकामा लगाएको ताला फुटाएर भित्रपसी गल्लाको ताला समेत फुटाइ गल्लामा रहेको करिव ९ हजार नगद चोरी गरेको पाइएको पौडेलले जानकारी दिनुभयो ।
यसैगरि लेटाङ ९ जाँतेस्थित मदनचौक भन्दा केहि उत्तरमा टेकनाथ निरौलाले घरैमा सञ्चालन गर्दै आएको सुनचाँदी पसलमा समेत चोरीको प्रयास भएको छ । चोरी गर्ने उद्देश्यका साथ सो पसल रहेको घरको झ्यालको ग्रील निकालेर भित्र पसेको पाइएको छ ।
पछाडीको कोठाबाट ग्रील निकालेर भित्र पसेपनि पसलसम्म भने पुग्न नसकेपछि संलग्नहरु भागेको देखिएको सञ्चालक टेकनाथ निरौलाले जानकारी दिनुभयो ।
यस्तै निरौलाकै छिमेकी चन्द्र बुर्जा मगरको भान्सा घरको ताला समेत फुटाएको पाइएको छ । तर चोरी भने नभएको मगरले जानकारी दिनुभयो । यस विषयमा प्रहरीलाई बुझ्दा सीसी क्यामेराको आधारमा खोजी कार्य भइरहेको जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।