मुख्य समाचार
झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ |

छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने

मोरङ खबर 480+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

लेटाङ ।  साउन २२ गतेदेखि देशभरका हलमा नेपाली कथानक चलचित्र ‘हली’ प्रदर्शन हुने भएको छ । हालै सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पारेको छ ।

महिनावारी हुँदा किशोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने भ्रमको कथावस्तु यसमा रहेको बुझिन्छ । छाउपडी प्रथामा २१ दिनसम्म बुवा र छोरा मान्छेको अनुहार हेर्न हुँदैन भन्ने कुसंस्कारको कथा पनि यसमा रहेको निर्माता पूजा गुरुङले बताउनुभयो ।

निर्माता जस्मिन श्रेष्ठका अनुसार एउटा हलीले देशको मुहार बदल्न सक्छ भन्ने सन्देश पनि चलचित्रमा छ । देश परिवर्तन गर्नका लागि नेताले भाषण गरेर मात्रै हुँदैन भन्ने सन्देश चलचित्रले बोकेको उहाँको भनाइ छ ।

पश्चिम नेपालमा महिनावारी हुँदा पहिलो पटक छाउप्रथामा राख्ने गरिएको यथार्थ कथामा यो चलचित्र निर्माण गरिएको निर्देशक ओम प्रतीक बताउनुहुन्छ ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्माता रहेको चलिचत्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार