मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङमा राधाकृष्णको वृहत रथयात्रा निकालिने, ५ हजार बढी मानिसहरु सहभागि हुने अपेक्षा (भिडियोसहित)

रेवती रमण निरौला 149+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

लेटाङ । नेवा देय दवु लेटाङको आयोजनामा भाद्र १ गते लेटाङमा राधाकृष्णको वृहत रथयात्रा निकालिने भएको छ । आयोजक समितिले आज शुक्रबार पत्रकार सम्मेलन गरि भाद्र १ गते आइतबार करिव ५ हजार मानिसहरुको सहभागितामा रथयात्रा निकाल्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मोलनमा बोल्दै नेवा देय दवू लेटाङका अध्यक्ष पुरन श्रेष्ठले हरेक वर्ष श्रीकृष्णजन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा अनुशार लेटाङमा पनि भाद्र १ गते आइतबार रथयात्रा निकाल्न लागिएको जानकारी दिनुभयो । 

अध्यक्ष श्रेष्ठका अनुशार रथयात्रा आइतबार दिउँसो १ बजे नगरपालिका–४ स्थित श्री गोकुल नारायण राधाकृष्ण मन्दिरबाट सुरु भइ गंगेचौक पुगेर वीपी चौक हुँदै मिलन चोक पुगेर बजार पश्चिमको भित्रि बाटो हुँदै पुन श्री गोकुल नारायण राधाकृष्ण मन्दिर परिसरमा पुगेर सम्पन्न हुनेछ । 

पत्रकार सम्मेलनमा बोल्दै रथयात्रा कार्यक्रमका संयोजक रुद्र श्रेष्ठले यसवर्षको रथयात्रा ऐतिहासिक रथयात्रा हुने जानकारी दिनुभयो । यसअघिका वर्षहरुमा सानो ठेलामा राखेर रथयात्रा सञ्चालन गर्ने गरिएकोमा यसवर्ष करिव २ लाख रुपैयाँ खर्च गरे निकै आकर्षक रथ निर्माण गरेर वृहत सहभागितामा रथयात्रा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक श्रेष्ठका अनुशार नेवार समुदायका साथै, नगरपालिकामा बासोबास गर्ने व्राह्मण, क्षत्री, राई, लिम्बू, मगर, तामाङ, गुरुङ, दलित, मधेशी लगायत सबै समुदायको सहभागितामा रथयाथा सञ्चालन गरिनेछ । विभिन्न जातजातिको झाँकीसहित सञ्चालन गरिने रथयात्रा लेटाङकै एउटा नमुना तथा एकताको सन्देश दिने गौरवपूर्ण कार्यक्रमको रुपमा रहने उहाँको भनाइ छ ।    

नेवा देय दवु लेटाङका पूर्वअध्यक्ष सुनिल श्रेष्ठले रथयात्रा कार्यक्रम सञ्चालनका लागि स्थानीय अुगवा व्यक्तत्वहरुले स्वतस्फूर्तरुपमा आर्थिक लगायतका सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । श्रेष्ठले रथयात्रा कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नका लागि यथासक्य सहयोग गर्न पनि सबैमा आग्रह गर्नु भएको छ ।  

पत्रकार सम्मेलनमा बोल्दै नेवार समुदायका अगुवा तुलशीहरी श्रेष्ठले लेटाङमा नेवार समुदायले २०२७ सालदेखि लाखेजात्रा सुरु गरेकामा यसवर्ष ५६ औँ वर्षको लाखेजात्रा सञ्चालन भइरहेको जनकारी दिनुभयो । जनैपूर्णिमाको भोलिपल्टदेखि सुरु भएको लाखेजात्रा पनि राधाकृष्णको रथयात्रासँगै सम्पन्न गर्ने चलन रहेको छ । 

यसैबीच रथयात्राका लागि निकै आकर्षक रथ निर्माण भइरहेको छ । लेटाङ बजारको गंगेचौकमा निर्माण भइरहेको रथमा डोरीले तान्न मिल्ने गरि आवश्यक परेका बेला हेन्डिल र व्रेक समेत लगाउने प्रवधि पनि जडान गरिएको छ । 

नयाँ रथको आकर्षक संरचना, कलात्मक काठकला र रंगीन सजावटले यस वर्षको रथयात्रामा आउने भक्त र दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ । सो रथमा राधाकृष्णलाई सवार गराई लेटाङ बजार परिक्रमा गराइनेछ । यसरी बजार परिक्रमा गराइ रहँदा भक्तजनहरुले विभिन्न भजनकिर्तन सहित राधाकृष्णको पूजा तथा जयजयकार गर्नेछन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार