मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

मापदण्ड कडाइका साथ लागु नभए सशक्त आन्दोलनमा उत्रन बाध्य हुने
सुनसरीमा पत्रकार शुद्धिकरण अभियान निस्पक्ष नभएको प्रेस चौतारीको दावी, केन्द्रिय समितिको मापदण्ड कडाइका साथ लागु गर्न आग्रह

मोरङ खबर 407+ समाचार ( )
सुनसरीमा गैरपत्रकारहरुको पत्रकार महासंघ सदस्यता कायम राख्ने खेल भएको भन्दै प्रेस चौतारी सुनरीले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुद्धीकरणका सन्दर्भमा महासंघ सुनसरीले २४ घण्टा भित्र जवाफ नदिए महासंघ विरुद्ध तालाबन्दी गर्नसमेत बाध्य हुने र उत्पन्न परिस्थितिको जवाफदेही पत्रकार महासंघ सुनसरी हुने चौतारीले चेतावनी दिएको छ ।
३१ जेठ २०८०, बुधवार

-चन्दन रौनियार

सुनसरी । सुनसरीमा गैरपत्रकारहरुको पत्रकार महासंघ सदस्यता कायम राख्ने खेल भएको भन्दै प्रेस चौतारी सुनरीले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुद्धीकरणका सन्दर्भमा महासंघ सुनसरीले २४ घण्टा भित्र जवाफ नदिए महासंघ विरुद्ध तालाबन्दी गर्नसमेत बाध्य हुने र उत्पन्न परिस्थितिको जवाफदेही पत्रकार महासंघ सुनसरी हुने चौतारीले चेतावनी दिएको छ । शुद्धीकरण अभियानलाई कडाइका साथ खुट्टा नकमाई निष्पक्ष रूपमा लागु गर्न पत्रकार महासंघ सुनसरीलाई चौतारीले आग्रह गरेको छ । अन्यथा प्रेस चौतारी सुनसरी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने अध्यक्ष सुभद्रा प्याकुरलेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चौतारी सुनसरीले पत्रकार महासंघ सुनसरीका कार्यसमितिका केही व्यक्ति आफू निकटलाई जोगाउने र अरूलाई हटाउने लिस्ट बोकेर बलमिच्याइँ गरिरहेको आरोप लगाएको छ । चौतारी सुनसरीले विज्ञप्तिमा भनेको छ, ‘नेपाल पत्रकार महासंघ सुनसरी शुद्धीकरण अभियानमा सदस्यहरू छाँटकाँट गर्ने अभियानमा लागेको छ । तर विडम्बनाको कुरा के छ भने कार्यसमितिका केही व्यक्तिहरू आफू निकटकालाई जोगाउने र अरूलाई हटाउने लिस्ट बोकेर जुन बलमिच्याइँ गरिरहेका छन् त्यसले महासंघको अभियान शुद्ध हुने हामीले ठानेका छैनौं । हामी चाहान्छौं, शुद्धीकरण निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनु पर्छ ।’

पत्रकार महासंघको केन्द्रीय समितिको मापदण्डविपरीत एक पक्षीय ढंगले गरेको शुद्धीकरण किमार्थ स्वीकार्य नरहेको चौतारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । शुद्धीकरणप्रति आफुहरु पूर्ण सचेत रहेको बताउँदै चौतारी सुनसरीले नियमसंगत, आधार प्रमाण र तथ्यका आधारमा सुनसरी पत्रकार महासंघले सदस्यता शुद्धीकरण गर्न सकेन भने कडा प्रतिकार गर्ने जनाएको छ ।   

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा सुनसरीका कार्यसमिति सदस्य नै निकट भएकै कारण गैरपत्रकारलाई जोगाउने चलखेलमा लागेको प्रेस चौतारीले आरोप छ । केन्द्रको १५ बुँदे मापदण्ड अनुसार छाँटकाट हुनुपर्ने चौतारीको भनाइ छ । व्यापारी, कर्मचारी, निर्माण व्यवसायी, जग्गा व्यवसायी, शिक्षक, कर्मचारी, अध्यापक, औषधि व्यवसायीलाई महासंघमा सधैं फुलमाला लगाएर सदस्य राखी रहन आवश्यक नरहेको चौतारीले उल्लेख गरेको छ । प्रेस चौतारी नेपालमा आबद्ध भएर सक्रिय पत्रकारिता नगर्नेलाई सदस्यता त्यागको स्वघोषणा गर्न लगाइरहेको र गरिरहेको समेत  चौतारीले स्मरण गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार