मुख्य समाचार
पतञ्जली योग समिति लेटाङले मनायो दशौँ राष्ट्रिय योग दिवस | लेटाङमा एमालेको कोशी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण शुरु | लेटाङ नगरपालिकाको सार्वजनिक सनुवाई कार्यक्रम सम्पन्न (भिडियोसहित) | विज्ञान बालकथा "भुइँचालो" | लेटाङमा ३ सय ७५ खेलाडी सहभागी म्याराथन सम्पन्न (भिडियोसहित) | नवगठित लेटाङ साहित्य कला सङ्गमको ’सृजना चौतारी’ शृङ्खला शुरु | फजुल खर्च कटाएर ग्रामीण विद्यालयलाई सहयोग | रेडक्रस सुन्दरहरैँचाद्वारा पत्रकार सुवेदी सम्मानित (भिडियो सहित) | “लेटाङ साहित्य कला संगम” विधिवतरुपमा दर्ता | फुटबलको विकासका लागि लेटाङ नगरपालिकाद्वारा खेलाडीहरुसँग अन्तरकृया |

नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन

मोरङ खबर 334+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

जाँते । नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशन लेटाङ ८ मा पूर्व प्राथमिक कक्षाका शिक्षिकाहरुका लागि तालिम सञ्चालन गरिएको छ । पूर्वका विभिन्न विद्यालयबाट भेला भएका करिव ७० जना शिक्षिकाहरुलाई आज शनिबार एकदिने तालिम प्रदान गरिएको हो ।

लावण्य इन्टरनेशनल प्रा लि को आयोजनामा पूर्वका लेटाङ, उर्लाबारी, विराटनगर, खोर्साने, गछिया, इटहरी लगायतका क्षेत्रमा रहेका विद्यालयका पूर्वप्राथमिक तहका शिक्षिकाहरुलाई थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन गरिएको हो । 

पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई पाठ्यक्रमको थीम अनुशार कसरी अध्यापन गराउने तथा खेलाउँदै, अभ्यास गराउँदै कसरी सिकाउने भन्ने विषयमा तालिम केन्द्रीत रहेको लावण्य इन्टरनेशनल प्रा लि की प्रशिक्षक मनिशा कर्णले जानकारी दिनुभयो ।

लावण्य इन्टरनेशनलसँग सहकार्य गरेका विद्यालयका शिक्षिकाहरुका लागि हरेक महिना सामुहिक रुपमा तालिम प्रदान गर्ने गरिएकोमा यसपटक लेटाङ जाँतेको नोवेल एजुकेशनमा तालिम सञ्चालन गरिएको उहाँको भनाइ । 

नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनका प्रिन्सिपल भोलानाथ पाण्डेले यसै शैक्षिक सत्रदेखि पूर्वप्राथमिक तहको शैक्षिक गुणस्तर सुधारका लागि लावण्य इन्टरनेशनलसँगको सहकार्यमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर खोजी गर्ने क्रममा लावण्य इन्टरनेशनलको कार्यक्रम मनपरेर सहकार्य गरि कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ  । यसरी सुरु गरिएको नयाँ पद्धतिको सिकाइ निकै प्रभावकारी भएको उहाँले बताउनुभयो ।  

नोवेल एजुकेशनले विद्यार्थीहरुलाई पाठ्यपुस्तकको ज्ञानका साथै अन्य शिपमुलक तालिम प्रदान गर्ने, अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने जस्ता नयाँ नयाँ शैक्षिक पद्धतिहरु लागु गरि पठनपाठन गराउँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार