मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

रोकियो झरी, ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाइ

मोरङ खबर 394+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

काठमाडौं ।  देशका धेरै ठाउँमा लगातार तीन दिनदेखि परेको झरी रोकिएको छ । गएरातिदेखि नै मौसममा सुधार देखिएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । झरी रोकिएसँगै देशका धेरै ठाउँमा घाम लागेको छ । अब तत्काललाई ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । मनसुनी प्रणाली कायमै रहेकाले बेलुकीपख भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक÷दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । झरी रोकिएसँगै किसानलाई राहत मिलेको छ । लगातारको झरीका कारण तराई क्षेत्रमा पाकेको धानमा नोक्सानी हुन थालेको थियो ।

तत्काल अब लगातार झरीको सम्भावना नरहेकाले घाम लागेका बेला धान काट्न किसानलाई विज्ञको सुझाव छ । यसपालि मनसुन लम्बिएको छ । गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् गएको १५ गतेसम्म रहने भनिए पनि यसपालि लम्बिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार