१ करोड ५० लाख बढीको बजेट प्रस्ताव
लेटाङ ९ जाँतेस्थित वसन्त हरियाली वन समूहको २४ औँ वार्षिक साधारणसभामा विभिन्न व्यक्तिहरु सम्मानित

Morang Khabar 1+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार
जाँते । लेटाङ–९ जाँतेस्थित वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् ।

समूहका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षता तथा लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको खुल्लासत्रमा वन समूहलाई विभिन्न भूमिकामा रहेर योगदान पुर्याउने व्यक्तिहरु, अगुवा कृषकहरु, परम्परागत पेशामा आवद्ध भइ समाजमा योगादन दिने व्यक्तिहरु र उत्कृष्ट नजितासहति कक्षा १२ उत्तीर्ण हुने विद्यार्थी लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

साधारणसभामा सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्याएका पूर्व कार्यसमिति सदस्य तथा ज्येष्ठसदस्य शिवप्रसाद निरौला, अग्नि पौडेल र सुकबहादुर लिम्बूलाई सम्मानपत्र प्रदन गरि सम्मान गरिएको छ ।
यस्तै श्रीमावि लेटाङ ९ जाँतेमा अध्ययन गरि उत्कृष्ट नजितासहित कक्षा १२ उत्तीर्ण हुने छात्र प्रतिक पौडेल र छात्रा सुवर्णा जोगीलाई नगद एक हजारसहित पुरस्कृत गरिएको छ ।

यस्तै सँस्थामा लामो समय सल्लाहकार पदमा रहि योगदान पुर्याउनु हुने सल्लाहकार सदस्य मानबहादुल आले मगरलाई सम्मानसहित सम्मान गरिएको छ ।
कार्यक्रममा वन उपभोक्ता समूहका सदस्य रहेका कृषकहरु मध्येबाट उत्कृष्ट कृषकहरुलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट बाख्रापालकतर्फ नरसिंहबहादुर खड्का, वंगुरपालक कृषक खगेन्द्र मास्कीमगर र दुग्ध उत्पादक खगेन्द्रराज खतिवडालाई सम्मान गरिएको छ ।
यस्तै परम्परागत पेशालाई अंगाली सेवा दिंदै आउनु हुने सिलाईतर्फ दलबहादुर दर्जी तथा हातहतियार निर्माणतर्फ कृष्णबहादुर विश्वकर्मा र प्रेमलाल विश्वकर्मालाई सम्मान गरिएको छ ।
यस्तै गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारलागि सिफारिस गर्नु हुने डिभिजन वन कार्यालय मोरङका डिएफओ विक्रम अमात्यलाई पनि दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको छ ।

यसैगरि सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष मदन पोखरेल र सविडिभिजन वन कार्यालय जाँतेमा कार्यरत वन रक्षक हिमबहादुर बस्नेतलाई पनि साधारणसभामा सम्मान गरिएको छ ।
साधारणसभामा समूहका अध्यक्ष होमनाथ सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष सुवेदीले वन उपभोक्ता समूहबाट आर्थिक वर्ष ०८३/०८४ का लागि १ करोड ५० लाख बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
साधारणसभामा लेटाङ–९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, सब डिभिजन वन कार्यालय जाँते र लेटाङका प्रतिनिधि, विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा छाता संगठनका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ सँस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिति लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला लगायतका अतिथिहरुले सामुदायिक वनले जाँते क्षेत्रको विकासमा पुर्याएको योगादनको चर्चा गर्नुभयो । साथै वक्ताहरुले गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा वन उपभोक्ता समूहलाई बधाई ज्ञापन गर्दै साधारणसभाको सफलताको शुभकामना दिनुभयो ।

साधारणसभामा वन संरक्षण, दिगो वन व्यवस्थापन, आगामी कार्ययोजना, उपभोक्ताको हित तथा सामुदायिक विकासका विषयमा छलफल भएको थियो । सहभागीहरूले वन संरक्षणसँगै स्थानीय समुदायको सामाजिक तथा आर्थिक विकासमा सामुदायिक वनले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

सँस्थाका उपाध्यक्ष नरेश मंग्राती र सचिव भूमिका मगरले सञ्चालन गर्नु भएको साधारणसभामा संस्थाका सहसचिव बिमल लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो ।
शनिबार सुरु भएको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ । नयाँ नेतृत्व चयनका लागि टोल–टोलबाट प्रतिनिधि चयन हुने भएकाले निर्वाचन कार्यक्रम सम्पन्न गर्न केहि दिन लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार