मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

बाल विकास आधारभुत विद्यालय लोखराको वार्षिकोत्सव सम्पन्न, वडाध्यक्षद्वारा अक्षयकोष घोषणा

मोरङ खबर 407+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

- तिलक राई 

लेटाङ । श्री बाल विकास आधारभुत विद्यालय लेटाङ १ लोखराको ३३ औं वािर्षकोत्सव विहीबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । लेटाङ १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु कुमार मगरको अध्यक्षतामा कोशी प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य बस्नेतले विद्यालय स्थापना गरि यहाँसम्म ल्याउने स्थानीय समाजसेवी लगायत अभिभावकहरुलाई धन्यवाद दिंदै आफुले पनि विद्यालयलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रदेशको शिक्षा मन्त्रालयले शैक्षिक क्षेत्रको विकासका लागि बजेट नै नभएको बताउने गरेकाले समस्या रहेको भन्दै उहाँले सहायोगका लागि यथासक्य पहल गर्ने बताउनुभयो । 

उहाँले निकै समस्याग्रस्त अवस्थामा पुगेको विद्यालयमा पछिल्लो समय उल्लेख्य सुधार भएको भन्दै खुशी व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन, समिति, शिक्षक, अभिभावकहरु र स्थानीय सरकारले एक भएर काम गरेको अवस्थामा विद्यालयको अवस्थामा सुधार ल्याउन सकिने उहाँको भनाइ छ ।

यस्तै लेटाङ १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु कुमार मगरले बन्द गर्ने अवस्थामा पुगेको विद्यालयलाई आफुले निकै जोडवल गरेर स्थानीय अग्रज समाजेसेवीहरुको सहयोगमा पुनरजीवन दिन सकिएको बताउनुभयो । उहाँले शिक्षक अभावका कारण ५ जना शिक्षकलाई वडाले नै तलवभत्ता दिएर राखेको जानकारी दिंदै वडाका कतिपय विद्यालयमा अझैपनि शिक्षक अभाव रहेको बताउनुभयो । 

वडाध्यक्ष मगरले विद्यालयमा आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै वडा कार्यालयको तर्फबाट समेत बजेट व्यवस्थापन गर्ने बताउनुभयो । कार्यक्रममा निमित्त प्रधानाध्यापक पर्शुराम निरौलाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको अवस्था र भावि योजना बारे जानकारी दिनुभयो । 

वार्षिकोत्सवको अवसरमा २०७९ सालको कक्षागत परीक्षामा प्रथम, द्वीतीय र तृतीय हुने छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । यस्तै विद्यालय प्रथम हुने रामकुमारी लिम्बू, सबैभन्दा बढी उपस्थिति हुने सलिना राई र अडिर्ढन राई, सरसफाईमा उत्कृष्ट मल्लिका मगर र निक्सम मगर तथा अनुसानमा उत्कृष्ट हुने सुस्मिता राई र प्रविण मगरलाई पुरस्कृत गरिएको छ । 

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य तथा भाषणकला समेत प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले पश्चिम कोही पूर्व घर, माइती घर, मेरो माया नौ डाँडा पारी, यो छोरीको रुपै राम्रो लगायतका गीतहरुमा नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । 

कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाका कर्मचारी सञ्चिता खनाल, स्थानीय समाजसेवी बालकुमार चेम्जोङ, देवेन्द्र लिम्बू, मनप्रसाद मगर, राजारानी पर्यटन विकास समितका अध्यक्ष सुजन मगर, हर्डनका सुरेश अधिकारी, सञ्चारकर्मी, छिमेकी विद्यालयका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो  । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार