मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला

रेवती रमण निरौला 160+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

झापा । निरौला वन्धू सेवा समाज केन्द्रीय कार्य समितिको अध्यक्षमा डा तुलशी प्रसाद निरौला निर्वाचित हुनु भएको छ । शनिबार झापाको कन्काइस्थित कोटीहोममा रहेको केन्द्रीय कार्यालयमा भएको १२ औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतरुपमा विराटनगरमा डाक्टर तुलशी प्रसाद निरौलालाई अध्यक्षमा निर्वाचित गरेको हो । 

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक समेत रहेका नवनिर्वाचित अध्यक्ष डाक्टर तुलशी प्रसाद निरौलाले रशायन शास्त्रमा विद्यावारिधि गर्नु भएको छ । यसैगरि महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुवन निरौला तथा उपाध्यक्षमा सरस्वती निरौला, इन्द्रप्रसाद निरौला, इश्वर निरौला, फणिन्द्र निरौला, तिर्थराज निरौला र गुरुप्रसाद निरौला निर्वाचित हुनु भएको छ । 

यस्तै महाधिवेशनले महासचिवमा पवित्रा सापकोटा निरौला, सचिवमा शोभित निरौला, कुष्णप्रसाद निरौल र रुद्र निरौला तथा कोषाध्यक्षमा शरद निरौलालाई निर्वाचित गरेको छ । महाधिवेशनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष गरि १३ जना पदाधिकारीसहित ४१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

यसैगरि महाअधिवेशनले लेखा समिति संयोजकमा गणेशप्रसाद निरौला तथा सदस्यमा इश्वरा निरौला र हेतिराज निरौलालाई निर्वाचित गरेको छ ।  

विभिन्न जिल्ला तथा पालिकाबाट आएका प्रतिनिधिहरुले आ आफ्नो जिल्लाबाट ४१ जना केन्द्रीय सदस्य चयन गरि त्यसमध्येबाट पदाधिकारीमा उम्मेदवारी घोषणा गर्न लगाइ सर्वसहमतिमै नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।

विधान बमोजिम ६१ सदस्यीय केन्द्रीय कार्य समिति निर्माण गर्न सकिने भएपनि तत्काललाई ४१ सदस्यीय समिति निर्वाचित गरिएकोमा अवाश्यकता अनुशार विभिन्न क्षेत्रबाट अन्य सदस्यहरु मनोनित गर्न सकिने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार