मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

भजनशिरोमणि भक्तराज आचार्यको निधन (भिडियोसहित)

मोरङ खबर 421+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

मोरङ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।  

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उहाँको बिदाइ गर्ने तयारी छ । 

विक्रम संवत् १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उहाँ स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुनुहुन्छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उहाँले भजन पनि दर्जनौंको संख्यामा गाउनु भएको छ । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनु भएको छ । 

भजन शिरोमणिको उपाधिबाट प्रसिद्ध ८१ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहनु भएको थियो । वि.सं २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो । त्यसयता लगभग उहाँको गायनयात्रामा विराम लाग्यो । उहाँका सुपुत्रद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य भने नेपाली गीत संगीतमा निकै चर्चित छन् । भजन शिरोमणि भक्तराज आचार्यप्रति हार्दिक श्रद्धासुमन, कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ ।  

भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार