मुख्य समाचार
लगातार ६ दिन बढेको शेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम पनि | नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता | संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त | स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा | गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित | बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान | २ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट | सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ | बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा | अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया |

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

मोरङ खबर 437+ समाचार ( )
१० असार २०८०, आइतबार

मोरङ । साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा चीरप्रतिद्वन्द्वी भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन । खेलको ६२ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेपछि निरन्तर नेपालमाथि दबाव बनाएको भारतका  महेश नोरिमले ७० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यहि अग्रतालाई खेलको निर्धारितसमय सम्म कायम राख्दै भारतले नेपालमाथि शानदार जित निकाल्यो । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारतले नेपाललाई हराएसँगै ६ जोडेको छ । पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन खेलमा भारतलाई हराउनै पर्ने दबावमा थियो । तर, भारतसँगको हारसँगै नेपालले सानत्वना जितको खोजिमा मंगलबार पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानपनि लगातार दुई हार बेहोर्दै एक खेल अगावै समूह चरणबाट बाहिरिसकेको छ ।  नेपाल सामूह ‘ए’ बाट बाहिरिने दोस्रो टिम हो । अब समूह बिजेता बन्न मंगलबार भारत र आमन्त्रित टिम कुवेतबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार