मुख्य समाचार
भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन | लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन, राजस्व बढे पनि पुगेन लक्ष्यमा | नेपालभन्दा दक्षिण सर्यो मनसुनी रेखा, तराई क्षेत्रमा भन्दा बढी पहाडमा वर्षा | शिक्षक, कर्मचारी पक्राउपछि सुकुना माविले भन्यो, ‘अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्नेछ’ | बजेट फागुनभित्र खर्च गर्नुपर्ने, खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने | असार महिनामा सवारी व्यवस्थापनसम्बन्धी भएका कामको प्रहरीले गरायो जानकारी | अब बलिया कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा पाइने | लगातार ६ दिन बढेको शेयर बजारमा गिरावट, खुम्चियो कारोबार रकम पनि | नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता |

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन

मोरङ खबर 445+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

इटहरीः लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच सहकार्य र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा पैरवी समूह गठन भएको छ ।

कार्यक्रममा प्रदेश सांसद सपना परियार, माइती नेपाल सुनसरीकी प्रमुख सुनिता कार्की, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले समाजमा अझै पनि विभेद, बहिष्करण तथा अवसरको असमानता भोग्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै सरोकारवालाले साझा प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको उद्देश्य समावेशी र जिम्मेवार सञ्चार अभ्यासको प्रवद्र्धन, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार तथा समावेशीकरणबारे समझदारी अभिवृद्धि, उनीहरूले भोगिरहेका राजनीतिक तथा सामाजिक चुनौतीहरूको समाधानका लागि पहल तथा विविधता, समानता र सम्मानमा आधारित सञ्चार अभ्यास र समाज निर्माणमा योगदान पुर्याउनु रहेको लिड नेपाल झापाकी कार्यक्रम निर्देशक नुमा लिम्बू चञ्चलाले
बताउनुभयो ।

लिड नेपाल, दमक–झापा को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संरक्षण, नीति निर्माणमा सहभागिता र सामाजिक स्वीकार्यता अभिवृद्धिका लागि सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ बनाउने लिड नेपालका अध्यक्ष सुशील पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार