सर्जक खड्ग न्यौपानेको “मक्का मदिना” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Morang Khabar 1+ समाचार ( )
२४ श्रावण २०८३, आइतबार
लेटाङ । सर्जक खड्ग न्यौपानेले “मक्का मदिना” गीतको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।
मोरङ लेटाङ घर भइ हाल जर्मनीमा बस्दै आउनु भएका सर्जक न्यौपानेले बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको बाध्यता र भोग्नुपर्ने समस्या समेटेर तयार गरेको गीतको भ्यूजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गत जुलाई १८ तारिकमा ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको “मक्का मदिना, मक्का मदिना, थाहा छैन फर्केर, आउँछु आउँदिन” बोलको गीत हालसम्म करिव १० हजार जनाले हेरेका छन् ।
देशमा रोजगार नपाएपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका बीचमा विदेशी भूमिमा ज्यान गुमाउनुपर्ने अवस्था र पारिवारिक वियोगलाई म्युजिक भिडियोमा जीवन्तरुपमा उतारिएको छ ।
“मक्का मदिना” गीतमा शब्द र स्वर सर्जक खड्ग न्यौपाने स्वयमको रहेको छ भने संगीत संयोजन दीपक शर्माले गर्नु भएको छ । गीतको म्युजिक भिडियोमा कमल सिंह र अश्विनी साहीको मुख्य भूमिका छ भने सरोज निरौला र कल्पना थापा निरौलाको समेत अभियन रहेको छ ।
सर्जक न्यौपानेका यसअघि आमाबाबा, बादल तिम्रो छातिभित्र, ढाक्रे दाजु-दीदिको गीत, दाई हौ दाइ हौ (किशान गीत), मदनको सम्झनाले मनै अमिलो जस्ता गीत बजारमा आइसकेका छन् ।
न्यौपाने हरिवंश आचार्यको चर्चित गीत “सारंगी रेटौँला, मौका मिले फेरि भेटौँला” का रचनाकार समेत हुनुहुन्छ ।
खासगरि ग्रामिण क्षेत्रका जनताको दैनिकी र जनवादी आवाजलाई आफ्ना गीतहरुमा स्थान दिँदै आएका न्यौपानेले पछिल्लो समय पारिवारीक समस्या, वैदेशिक रोजगारी जस्ता विषयलाई पनि आफ्ना सिर्जनामा स्थान दिनु भएको छ । न्यौपानेले आफ्नो जर्मनी बसाइ समेटेर “जर्मनी आप्रवासन र अनुभुति” नामक आख्यानात्मक कृति समेत प्रकाशन गर्नु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार