मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

साना किसानलाई कोरिया पठाउने तयारी हुँदैछ : अध्यक्ष पाठक (भिडियोसहित)

मोरङ खबर 421+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

लेटाङ । मोरङको लेटाङमा साना किसान कृषि सहकारीका वर्तमान चुनौती र समाधान विषयक गोष्ठि सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लेटाङको आयोजनामा भएको एकदिने गोष्ठीमा वर्तमान अवस्थामा साना किसान कृषि सहकारीहरुले भोग्नु परेका समस्या तथा तीनको समाधानका विषयमा छलफल गरिएको छ ।

संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरेको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको गोष्ठिमा, महासंघका केन्द्रीय सदस्य खगेन्द्रराज भण्डारी, साना किसान लघुवित्त वित्तिय संस्था इटहरीका प्रवन्धक दीपकराज पाण्डे लगायतको अतिथ्यता रहेको थियो ।

गोष्ठिको सुरुमा साना किसान कृषि सहकारी लेटाङका प्रवन्धक मनोज विष्टले संस्थाको वर्तमान अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसपछि गोष्ठिका प्रमुख अतिथि तथा प्रमुख वक्ता साना किसान कृषि सहकारी महासंघका अध्यक्ष खेम बहादुर पाठकले साना किसानहरुले भोग्नु परेका समस्या र तीनका समाधानको विषयमा चर्चा गर्नुभयो । 

उहाँले नेपालको कृषि पद्धति परम्परागत र गुजारामुखि रहेको भन्दै आधुनिक प्रविधिहरुको प्रयोग गरि व्यवसायीकरुपमा कृषि कर्म गरेमा धेरै लाभ लिन सकिने उल्लेख गर्नुभयो । नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानहरुलाई तालिमका लागि इजरायल पठाउँदै आएकोमा अबका दिनमा दक्षिण कोरिया पठाउने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।  

गोष्ठिमा संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरे, उपाध्यक्ष मेनुका आचार्य सुवेदी लगायतका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका पदाधिकारीहरु र सँस्थाका प्रवन्धक मनोज विष्ट लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो । यसैगरि तालिममा लेटाङ क्षेत्रमा कृयाशील अन्य छिमेकी साना किसान कृषि सहकारीका पदाधिकारी तथा कर्मचारीको समेत सहभागिता रहेको थियो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार