२ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार

Morang Khabar 1+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

लेटाङ । आज २ घण्टाको अवधिमा २ अर्ब रुपैयाँको पनि शेयर कारोबार भएको छैन । बजार घटेसँगै लगानीकर्ताले खुलेर शेयर किन्न वा बेच्न चाहेका छैनन् ।

२ घण्टामा २२ अङ्क हाराहारी घटेर नेप्से सूचक २६९० आसपासमा रहेर अहिले शेयर कारोबार भइरहेको छ । सो अवधिमा १ अर्ब ७२ करोड रुपैयाँ हाराहारीको शेयर किनबेच भएको छ ।

बजार घटे पनि हालै नेप्सेमा सूचीकृत भएको एभरेष्ट कलरको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ ।

उता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत घटेको छ ।

घटेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत र रिडी पावरको उच्च कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार