मुख्य समाचार
धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा | गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा |

धर्मदेवी ५ को सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट सुरु

मोरङ खबर 421+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ५ को सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट सुरु गरिएको छ । हालसम्म याख्खाचोकस्थित वडा नम्बर ४ को कार्यालयबाटै वडा नम्बर ५ को समेत सेवा प्रवाह भइरहेकोमा धर्मदेवी ५ लाफाचोकस्थित मगरगाउँमा आफ्नै भवन निर्माण सम्पन्न गरि सेवादिन थालिएको हो । 

आर्थिक वर्ष ०८१।०८२ को पहिलो दिन श्रावण १ गतेदेखि नवनिर्मित भवनबाट सेवा सुरु गरिएको वडाध्यक्ष रामबहादुर मगरले जानकारी दिनुभयो । उहाँले निकै लामो समयपछि आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गर्न पाउँदा खुसी लागेको पनि बताउनुभयो । भवनमा वडाध्यक्ष र वडासचिवको छुट्टा–छुट्टै कार्यकक्ष रहनुका साथै राजश्व, दर्ताचलानी लगायतका लागि समेत व्यवस्थित कक्ष भएकाले सेवा प्रवाह गर्न धेरै सहज भएको उहाँको भनाइ छ । 

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय जग्गादाताहरु चेतबहादुर रानामगर, श्यामु रानामगर र मानबीर रानामगरले जग्गा उपलब्ध गराउनु भएको थियो । ४ वटा कोठा तथा शौचालय र बाथरूम समेत रहेको एकतले वडा कार्यालय भवन ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार