मुख्य समाचार
मोरङमा डिजेको प्रयोग गर्न प्रशासनद्वारा रोक | फेरि २७०० बिन्दुबाट तल झर्याे नेप्से, आज पनि गिरावट | इनरुवा र पूर्वपश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू जारी | नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन | | नेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा | ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न |

फेरि २७०० बिन्दुबाट तल झर्याे नेप्से, आज पनि गिरावट

मोरङ खबर 495+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

लेटाङ ।  २७०० बिन्दु कटेको नेप्से परिसूचकमा पुनः गिरावट आउन थालेको छ । आज ०.१७ प्रतिशत अर्थात् ४.६४ अङ्कले घटेर नेप्से २ हजार ६९६.६७ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ५५ हजार ५८० पटक किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ६ अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

बजार घटे पनि आज व्यापार समूह सर्वाधिक अर्थात ०.७४ प्रतिशतले बढ्दा फाइनान्स ०.०६, होटल ०.१८ र जलविद्युत समूह ०.१५ प्रतिशतले बढे । अन्य समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घटेको छ ।

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक २७ करोड १४ लाख २७ हजार ३०७ रुपैयाँको शेयर कारोबार भयो । यस्तै रिडी पावरको २१ करोड २१ लाख, सोलु हाईड्रोको १९ करोड ९ लाख, ग्लोबल आइएमई बैंकको १६ करोड ७८ लाख र रिलायन्स स्पीनिङ मिल्सको १६ करोड १३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

सूचक घटेको बजारमा आज एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य १५ प्रतिशतले बढ्यो । कुथेली बुखरी स्मल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात ६.०७ प्रतिशतले घट्यो ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ३४ अर्ब ४२ करोड ५ लाख ८८ हजार ८३९ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार