मुख्य समाचार
लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) |

“लेटाङ साहित्य कला संगम” विधिवतरुपमा दर्ता

मोरङ खबर 405+ समाचार ( )
२२ पौष २०८१, सोमबार

लेटाङ । लेटाङमा साहित्य र कला क्षेत्रको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको “लेटाङ साहित्य कला संगम” नामक संस्थालाई विधिवत रुपमा दर्ता गरिएको छ । २०६४ साल पौष २० गते स्थापना गरिएको संस्थाले लामो समय अनौपचारिक रुपमा गतिविधि सञ्चालन गर्दै आएकोमा २०८१ षौष २२ गते औपचारिक रुपमा स्थानीय सरकारको रुपमा रहेको नगरपालिकामा दर्ता गरिएको हो । 

लेटाङ नगरपालिकाको पौष १९ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय बमोजिम “लेटाङ साहित्य कला संगम” नामक संस्था दर्ता गरि नगरपालिकाले प्रमाणपत्र उपलब्ध गराएको छ । नगर प्रमुख भूपेन्द्र कुमार लावतीले संस्थाका अध्यक्ष गणेश दवाडीलाई दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । 

संस्थाको गत मंसिर १ गते भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको थियो । अधिवेशनले अध्यक्षमा गणेश दवाडी, उपाध्यक्ष शान्ति पाख्रीन, सचिव पर्शुराम निरौला, सहसचिव टंक बराल, कोषाध्यक्ष तारादेवी श्रेष्ठ, सदस्य यज्ञ पोखरेल, गोविन्द अधिकारी, जीवन पौडेल र अनुपमा घिमिरेलाई चयन  गरेको थियो । 

१७ वर्ष अघि डिल्लीराम ओझा र ख्याम न्यौपाने लगायतको सक्रियतामा स्थापना गरिएको संस्थाले  लेटाङका अग्रजहरु र लेटाङे कवि र कविता नामक २ पुस्तक प्रकाशन गरिसकेको छ । यसका साथै संस्थाले विभिन्न समयमा रचना वाचन, सहित्यिक गोष्ठि लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले भर्खरै मात्र विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा रचना वाचन कार्यक्रम सम्पन्न गरेको अध्यक्ष गणेश दवाडीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार