मुख्य समाचार
इटहरीको दिगो चार्ज प्वाइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास गरिने | धरानसहित १३ स्थानीय तहले ल्याउन सकेनन् बजेट | विपद्को समयमा कार्यालय नछाड्न निर्देशन | छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका सुकुनाका थप एक जना शिक्षक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या पुग्यो चार | लगातार छैटौं कारोबार दिन बढ्यो नेप्से, कारोबार पनि नाघ्यो ६ अर्ब रुपैयाँ | चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नगर्ने सरकारको निर्णय | धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता | कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव | हजार रुपैयाँ बढ्यो सुनको दाम, चाँदीको ५० रुपैयाँ | बिल लिनेमध्ये १ जनालाई प्रत्येक दिन १ लाख र १५ दिनको फरकमा १ जनालाई १० लाख पुरस्कार दिने सरकारको घोषणा |

इटहरीको दिगो चार्ज प्वाइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास गरिने

मोरङ खबर 422+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

इटहरीः सुनसरीको इटहरीमा रहेको दिगो चार्ज प्वाइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न दिगो ग्रुप र घाम पावरले रणनीतिक साझेदारी गरेका छन् ।

दुवै कम्पनीबीच ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) विकाससम्बन्धी सम्झौता भएको हो । यो सहकार्यले विद्युतीय सवारी साधन चार्जिङ पूर्वाधारलाई स्वच्छ, भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको छ ।

सो परियोजनाअन्तर्गत सौर्य ऊर्जा उत्पादन प्रणालीलाई अत्याधुनिक ब्याट्री भण्डारण प्रविधिसँग एकीकृत गरेर उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय प्रशारण प्रणालीमाथिको निर्भरता घटाउनुका साथै विद्युतीय सवारीसाधन चार्जिङमा नवीकरणीय ऊर्जाको प्रयोग बढाइने बताइएको छ ।

प्रस्तावित प्रणालीले दिउँसो सोलारबाट उत्पादन भएको अतिरिक्त विद्युत् ब्याट्रीमा सञ्चय गर्नेछ । सञ्चित ऊर्जा आवश्यकताअनुसार विद्युतीय सवारी साधन चार्ज गर्न प्रयोग गरिने भएको छ । यसले चार्जिङ केन्द्रमा ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउने, बिजुलीको प्रभावकारी उपयोग गर्ने र अविरल चार्जिङ सेवा सञ्चालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

दिगोका एकीकृत ऊर्जा समाधानतर्फका व्यवसाय प्रमुख नवीन अधिकारीले घाम पावरसँगको सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माण गर्ने अभियानको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको संयोजनले ऊर्जा दक्षता बढाउनुका साथै नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधार सुदृढ बनाउन योगदान पुग्ने बताउनुभयो ।

इटहरीमा विकास गरिने परियोजनालाई भविष्यमा देशभर स्थापना हुने स्वच्छ ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रका लागि नमुना परियोजनाका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार